१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री

व्यापारिक केन्द्र बन्दै मेलौली

व्यापारिक केन्द्र बन्दै मेलौली
अ अ+ अ-

बैतडी । कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् ।

पाटन –पञ्चेश्वर सडक सञ्चालन भएसँगै विकासको कामले गति लिँदै गएपछि यहाँको मुहार फेरिन थालेको हो । सडक सञ्जाल विस्तार हँुदै गएपछि मेलौलीबजार व्यापारिक केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ । सडक पुगेसँगै मेलौली बजार तल्लोस्वराडकै व्यापारिक केन्द्रका रूपमा अगाडि बढ्दै गएको स्थानीय व्यापारी मोहन सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “एकदशक अगाडिसम्म देहिमाडौँ, पाटनबाट खच्चर र घोडामा दैनिक उपभोग्य सामान ल्याइन्थ्यो, हाल भने सडक विस्तार भएर मेलौलीमै बजार बनेको छ ।”

पञ्चेश्वर सडक मेलौली बजारसम्म कालोपत्र भइसकेकाले पनि यहाँ झनै चहलपहल बढेको छ । यहाँबाट दैनिकरूपमा तराईसम्म सिधै बस सेवासमेत जारी छ । यसका साथै पाटन, सदरमुकामसम्म पनि दैनिक जिप सञ्चालनमा छन् ।

मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र, क्याम्पस, विद्यालय सञ्चालनमा छन् । इलाका प्रहरी चौकी, स्थानीय सञ्चारमाध्यम पनि सञ्चालनमा रहेका छन् । मेलौलीमा प्रसिद्ध मेलौली भगवती मन्दिरसमेत रहेको छ ।

विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै मेलौली व्यापारिक केन्द्र बनेको स्थानीय होटल व्यवाियी विजु नायकले बताउनुभयो । सडक सञ्जाल विस्तारले व्यापार व्यवसाय बढेको र यसले यहाँको आर्थिक उन्नतिमा टेवा पुगेको छ । उहाँले भन्नुभयो, “तल्लोस्वराडका अन्य पालिकामा कुनै कामको सिलसिलामा आएका कुनै पनि मान्छे मेलौलीमा बास बसेर जाने गरेका छन् । मेलौली व्यापारिक केन्द्रका रूपमा स्थापित भएको छ ।” दशरथचन्द राजमार्गको पाटनबाट पञ्चेश्वर जोड्ने सडकको ३५ किलोमिटरको दूरीमा मेलौली बजार रहेको छ ।

विकासका दृष्टिले पहिलेको मेलौली र अहिलेको मेलौलीमा धेरै अन्तर देखिएको स्थानीय प्रेम चन्दले बताउनुभयो । बजार विस्तारसँगै अहिले मेलौलीमा सबै किसिमका सामान उपलब्ध हुन थालेका छन् । उहाँले भन्नुभयो, “सडक विस्तारले पहिलाको तुलनामा धेरै विकास भएको र नागरिकको जीवनशैलीमा परिवर्तन आएको छ । सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेको भन्दा अहिले आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएको छ ।”

तल्लोस्वराड क्षेत्रमा सडक नपुग्दासम्म यहाँका नागरिक भारतीय बजारमा मात्रै निर्भर रहेकामा अहिले भने त्यो बाध्यता हट्दै गएको शिवनाथका स्थानीय वीरेन्द्र महताले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक उपभोग्य सामग्री किन्नसमेत भारत जाने यहाँका नागरिक सडक पुगेसँगै अहिले सहजै यहाँ पाइने गरेको छ । सडकले यही बजार विस्तार हुन थालेका छन्, भारतमाथिको निर्भरता हटाएको छ ।”

शिक्षा र औषधोपचारका लागि पनि भारतकै भर पर्ने नागरिक सडक विस्तारले उक्त बाध्यताबाट पनि मुक्त भएका मेलौली प्राथमिक स्वास्थ केन्द्रका प्रमुख मुकेशकान्त दयालले बताउनुभयो । उच्च शिक्षा तथा सामान्य उपचारका लागि भारतीय अस्पतालमा पुग्नुपर्ने स्वराडवासीलाई अहिले सडक पुगेपछि तल्लोस्वराडमै पाउन थालेका छन् । उहाँले भन्नुभयो, “सडक नपुग्दा बिरामी हुँदा बाहिर जानुपरेमा निकै समस्या हुने गरेको थियो, अहिले स्वास्थ्य सेवा पाउन पनि सहज भएको छ ।”

यसका साथै सदरमुकाम आउनसमेत भारतको बाटो प्रयोग गर्ने तल्लोस्वराडका नागरिकलाई अहिले भने सहजैरूपमा आवातजावत गर्न सहज भएको छ । देश सङ्घीय संरचनामा गइसकेपछि दुर्गम भनेर चिनिने तल्लोस्वराडमा विकासले फड्को मारेको हो । स्थानीय जनप्रतिनिधिले पनि विकासको मेरुदण्ड सडक भएकाले यसलाई प्राथामिकतामा राखेका छन् । सडक नहुँदा दुई दिन लगाएर सदरमुकाम पुग्ने नागरिक हाल भने एक दिनमै पुग्ने गरेका छन् ।

सडक सञ्जाल विस्तारले यहाँको मुहार नै फेरिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताउनुभयो । एक दशक अगाडिसम्म पनि सडक पुग्न नसकेको तल्लोस्वराडमा हाल भने अधिकांश गाउँमा सडक विस्तार भएको छ । उहाँले भन्नुभयो, “पाटन–पञ्चेश्वर सडक नियमितरूपमा सञ्चालन भएसँगै यहाँ चहलपहल पनि बढेको छ । सडक सञ्जाल विस्तारले तल्लोस्वराड क्षेत्र विकासको बाटोमा लम्किनुका साथै जीवनशैलीमा पनि परिवर्तन आएको छ ।”

पाटन–पञ्चेश्वर सडकको मेलौलीसम्म कालोपत्र भएको र मेलौलीबाट पञ्चेश्वरसम्मको सडकखण्डमा पनि कालोपत्रको काम भइरहेको छ । तल्लोस्वराड क्षेत्रमा सडक विस्तार भए पनि विद्युत् भने पुग्न सकेको छैन । सञ्चारसेवा पनि भरपर्दो छैन । रासस