७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातसँग लगातार तेस्रो खेलमा हार्यो चेन्नई



अ+ अ-

एजेन्सी । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजनमा विजयी सुरुवात गरेको छ ।

टोलीले ४ पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई रोमाञ्चक भिडन्तमा ५ विकेटले पराजित गरेको हो । चेन्नईमाथि गुजरातको यो लगातार तेस्रो जित हो । अन्तिम ओभरमा टिमलाई ८ रन चाहिएको थियो । जसलाई डिफेन्डिङ च्याम्पियनले ४ बल बाँकी राख्दै पूरा गर्यो । राहुल तेवाटियाले विजयी चौका प्रहार गरे ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए ।

चेन्नईले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ रनको लक्ष्य गुजरात टाइटन्सले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच रासिद खान चुनिए । उनले चार ओभरमा २६ रन दिएर २ विकेट लिए ।

चेन्नईका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ९२ रन बनाए । मोइन अलीले २३ रन बनाए । मध्यक्रममा शिवम दुबेले १९ र कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रन बनाए । गुजरातका लागि मोहम्मद सामी, राशिद खान र अल्जारी जोसेफले २–२ विकेट लिए ।

जवाफी इनिङ्समा गुजरातका ओपनर शुभमन गिलले ३६ बलमा ६३ रन बनाए । त्यसपछि विजय शंकरले २७ रनको टिकाउ इनिङ खेले । जबकि ऋद्धिमान साहाले १६ बलमा २५ रन बनाएर टिमलाई राम्रो सुरुवात गराए । पावर प्लेको ६ ओभरमा टोलीले ६५ रन बनाएको थियो । साई सुदर्शनले पनि २२ रनको महत्वपूर्ण योगदान दिए । उनले गिलसँग ३५ बलमा ५३ रनको साझेदारी गरे ।

चेन्नईका लागि आईपीएल डेब्यू खेल खेलेका राजवर्धन हेङ्गारगेकर आफ्नो बलिङबाट प्रभावित भएका छन् । उनले ४ ओभरमा ३६ रन दिएर ३ विकेट लिए । रविन्द्र जडेजा र तुषार देशपाण्डेले एक–एक विकेट लिए ।

यसैबीच आज शनिबार दुई खेलहरु हुँदैछन् । पिञ्जाव किंग्स र कोलकता नाइट रायडर्सले दिउँसो ३ः४५ बजे तथा लखनउ सुपरजायन्ट्स र दिल्ली क्यापिटल्स राति ७ः४५ बजे प्रतस्पिर्धा गर्दैैछन् ।