२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातसँग लगातार तेस्रो खेलमा हार्यो चेन्नई



अ+ अ-

एजेन्सी । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजनमा विजयी सुरुवात गरेको छ ।

टोलीले ४ पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई रोमाञ्चक भिडन्तमा ५ विकेटले पराजित गरेको हो । चेन्नईमाथि गुजरातको यो लगातार तेस्रो जित हो । अन्तिम ओभरमा टिमलाई ८ रन चाहिएको थियो । जसलाई डिफेन्डिङ च्याम्पियनले ४ बल बाँकी राख्दै पूरा गर्यो । राहुल तेवाटियाले विजयी चौका प्रहार गरे ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए ।

चेन्नईले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ रनको लक्ष्य गुजरात टाइटन्सले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच रासिद खान चुनिए । उनले चार ओभरमा २६ रन दिएर २ विकेट लिए ।

चेन्नईका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ९२ रन बनाए । मोइन अलीले २३ रन बनाए । मध्यक्रममा शिवम दुबेले १९ र कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रन बनाए । गुजरातका लागि मोहम्मद सामी, राशिद खान र अल्जारी जोसेफले २–२ विकेट लिए ।

जवाफी इनिङ्समा गुजरातका ओपनर शुभमन गिलले ३६ बलमा ६३ रन बनाए । त्यसपछि विजय शंकरले २७ रनको टिकाउ इनिङ खेले । जबकि ऋद्धिमान साहाले १६ बलमा २५ रन बनाएर टिमलाई राम्रो सुरुवात गराए । पावर प्लेको ६ ओभरमा टोलीले ६५ रन बनाएको थियो । साई सुदर्शनले पनि २२ रनको महत्वपूर्ण योगदान दिए । उनले गिलसँग ३५ बलमा ५३ रनको साझेदारी गरे ।

चेन्नईका लागि आईपीएल डेब्यू खेल खेलेका राजवर्धन हेङ्गारगेकर आफ्नो बलिङबाट प्रभावित भएका छन् । उनले ४ ओभरमा ३६ रन दिएर ३ विकेट लिए । रविन्द्र जडेजा र तुषार देशपाण्डेले एक–एक विकेट लिए ।

यसैबीच आज शनिबार दुई खेलहरु हुँदैछन् । पिञ्जाव किंग्स र कोलकता नाइट रायडर्सले दिउँसो ३ः४५ बजे तथा लखनउ सुपरजायन्ट्स र दिल्ली क्यापिटल्स राति ७ः४५ बजे प्रतस्पिर्धा गर्दैैछन् ।




भर्खरै