२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौं: उपप्रधानमन्त्री खड्का



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षहरुसँगको छलफलबाट आफू अघि बढ्ने बताउनु भयो । उहाँले सामुहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने बताउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्युनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकताहरु, सरकारका महत्वपूर्ण नीतिगत सुधारका कामहरु अघि सार्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो मन्त्रालय महत्वपूर्ण छ, यसलाई बुझेर नै मैले आफ्ना कामहरु प्रधानमन्त्रीज्युको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरु, नेपाली सेनाको प्रधानसेनापति लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिहरुसँग छलफल गर्नेछौँ । हामी सामुहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौँ । हामीले न्युनतम साझा कार्यक्रमको तयारी गर्दैछौँ । मस्यौदा तयार भएको छ । सरकार बिस्तार गर्ने काम लगभग सम्पन्न भएको छ । केही दिन भित्रमा नै न्युनतम साझा कार्यक्रममार्फत ल्याउनेछौँ । सरकारको न्युनतम साझा कार्यक्रम केही दिन भित्रमा नै सार्वजनकि गर्छौं । त्यसबाट नै सरकारका प्राथमिकताहरु, सरकारका महत्वपूर्ण नीतिगत सुधारका विषयहरु, लगायत समग्र विषयमा हामी केन्द्रित हुनेछौँ ।’

मन्त्री खड्काले अबको केही दिनभित्र सरकारको न्युनतम साझा कार्यक्रम ल्याइ देशको सम्पूर्ण परिस्थितिमा केन्द्रित हुने बताउनु भयो ।