५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुले कोट फेर्न नपाउँदै सरकार परिवर्तन हुन थाल्यो: ज्ञानेन्द्र शाही



अ+ अ-

गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसद भवन नेताहरुको झगडा गर्ने थलो बनेको टिप्पणी गरेका छ्न् ।

शुक्रबार तम्घासमा जिल्ला पार्टी राप्रपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहीले संसद भवन जनताको समस्या समाधान गर्ने विषयमा छलफल नभई झगडा गर्ने थलो बनेको बताएका हुन् ।

शाहीले मन्त्रीहरूले लगाएको कोट परिवर्तन गर्न नपाउँदै सरकार परिवर्तन हुने गरेको बताए । उनले पछिल्लोसमय राजनीति राज्यको निम्ति नभई अवसरका निम्ति भएको र राजनीति घीनलाग्ने खालको भएको आरोप लगाए ।

प्रवक्ता शाहीले राज्यको करले कर्मचारीलाई तलब खुवाउन पनि नसक्ने भन्दै राज्यको नाममा २० खर्बभन्दा बढी आर्थिक भार रहेको बताए ।