२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड सरकारमा खड्कालाई दोस्रो वरियता



file
अ+ अ-

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्रीमा नियुक्त हुन लागेका पूर्णबहादुर खड्काले सरकारमा दोस्रो वरियता पाउने भएका छन् । नेपाली कांग्रेसबाट नेतृत्व गरेर सरकारमा सहभागी खड्काको दोस्रो वरियता कायम भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री रहेका छन् । कांग्रेसबाट खड्का र माओवादीबाट नाराणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

२०४८ पछि विभिन्न समयमा ७ पटक मन्त्री बनेका खड्काले पहिलो पटक उप्रधानसहितको जिम्मेवारी पाएका हुन् ।