६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाग्रहले न्याय हुँदैनः का.मु. प्रधानन्यायाधीश कार्की



अ+ अ-

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भुमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनुभएको छ ।

बिहीबार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उहाँले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको हो । उहाँले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसावबाट गरिए न्याय पूर्वाग्रही हुने बताउनु भयो ।

उहाँले पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने पनि बताउनु भयो । का.मु. प्रधानन्यायधीश कार्कीले न्याय दिनको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्ने बताउनु भयो । उहाँले स्थानीय जनप्रतिनिधिहरुले समाज मिलाएर राख्नका लागि भने आफू जनप्रतिनिधि पनि हुँ भन्ने हिसावबाट सोच्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय जनप्रतिनिधिहरुको भुमिका न्यायिक समितिको एउटा न्यायाधीश मात्रै नभएर तपाईहरुको भुमिका जनप्रतिनिधिको हुनुपर्छ । त्यसैले जनप्रतिनिधिहरुको भुमिकाबाट पनि न्याय नै फैसला नै गर्नुप¥यो भने फेरि जनप्रतिनिधि हुँ भन्ने बिर्सिनुपर्छ । म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा बिर्सिनुपर्छ । यदी म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा दिमागमा राखेर मनमा राखेर फैसला गर्नुभयो भने न्याय पर्दैन । त्यहाँ पूर्वाग्रह हुन्छ । जहाँ पूर्वाग्रह हुन्छ त्यहाँ न्याय हुँदैन ।

न्याय पर्नको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्छ । त्यसैले को केबाट भए, विवाद गर्न आउने मान्छे को हो ? भन्न थाल्यौँ भने त हामीले न्याय गर्दैनौँ । अनि न्यायिक अधिकार दिएको त त्यसै खेर जान्छ । न्याय गर्न बस्दा त्यो सम्पूर्ण कुरा बिर्सिनुपर्छ । तर समाजमा मिलाएर राख्ने कुरा छ भने म जनप्रतिनिधि पनि हो है भन्ने हिसावले हामीले काम गर्नसक्यौँ भने आफ्ना दुवै भुमिका निर्वाह गर्न सक्नुहुन्छ ।’

का.मु. प्रधानन्यायाधीश कार्कीले मेलमिलाप कायम गरेर अघि बढ्नसके सबैले साथ दिने बताउनु भयो । न्यायिक समितिले फैसला गर्नेकुरामा भन्दा मेलमिलापको कुरामा बढी जोड दिनुपर्ने बताउनु भयो ।