२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख १ गते ओशो महोत्सव हुने



अ+ अ-

काठमाडौँ । नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्न वैशाख १ गते ओशो महोत्सव आयोजना हुने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । गत वर्ष पनि ओशो तपोवनले वैशाख १ गते १५ हजार बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सव गरी उत्सव सम्पन्न गरेको थियो । सोही कार्यक्रमको निरन्तरतास्वरुप यस वर्ष पनि नयाँ वर्षको अवसरमा टुँडिखेलमा ओशो महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव बिहान ९ बजेखि बेलुका ९ बजेसम्म हुने र यसमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविक प्रकारका कार्यक्रमहरु गरिने बताइएको छ । ओशो महोत्सव साधनाको महोत्सव हुने बताइएको छ । ओशो महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेटिडेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै स्वामी आनन्द अरुणले केही नहुने देशले बौद्धिक सीपबाट विकसित हुँदै गएपनि नेपाल भने प्राकृतिक श्रोत र साधनले पूर्ण भएपनि गरिब हुँदै गएको बताउनु भयो । उहाँले मानसिको विवेकले नै सबैकुरालाई मजबुत बनाउन सकिने बताउनु भयो ।

स्वामी आनन्दअरुणले प्राकृतिक सम्पदा केही नभएका देशहरु नेपाल भन्दा विकसित हुँदै गएपनि नेपाल भने प्रत्येक दिन गरिब हुँदै जानु आश्चर्यजनक रहेको बताउनु भयो ।