२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेश हमाललाई तनहुँ १ मा उपचुनाव लड्न रास्वपाको प्रस्ताव



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नायक राजेश हमाललाई तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उपचुनाव उठ्न प्रस्ताव गरेको छ।

वैशाख १० गते हुन लागेको उपचुनावमा स्वतन्त्र पार्टीले अरु कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ ।

यसैबीच, हमाललाई उम्मेदवार बन्न प्रस्ताव गरेको पार्टी निकट स्रोतले बतायो ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।

यस्तै, रामसाहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त भएको बारा २ तथा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पद गुमेपछि रिक्त रहेको चितवन २ मा पनि उपचुनाव हुँदैछ ।