२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा देश बनाउने योजना बन्नुपर्नेमा तमासा भइरहेको छ – महेश बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देश बन्ने योजना बन्नुको सट्टा सत्ताको भागबन्डाले तमासा निम्त्याएको बताउनु भएको छ ।

बुधबारको प्रतिनिधिसभामा बोल्दै सांसद बर्तौलाले लोकतन्त्रभित्र जनताले आफ्नो आवाज सरकारसमक्ष राख्न नपाउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्री निवास बालुवाटारमा देश बनाउने योजना बन्नुपथ्र्यो । त्यसमा बालुवाटारले समय व्यतित गर्नुपथ्र्यो । तर बालुवाटारको सत्ताको छिनाझम्टीको तमासा देशले देखेकोर ब्यहोरेको छ । संसदको पहिलो शक्ति भन्ने पार्टी (कांग्रेस) सरकारमा जोडिएको छ । तर बालुवाटारको गेटमा कति मन्त्रालय पाउँछ भनेर धर्ना दिइरहेको छ । सडकमा नागरिकले बोल्न पाउने बनेको अवस्था छैन । लोकतन्त्रको मसिहा भन्ने पार्टी सरकारमा रहँदा जनताले आफ्नो आवाज सरकारसमक्ष राख्न खोज्दा सुरक्षाकर्मी लगाएर मुख थुनिन्छ ।’

सांसद बर्तौलाले प्रश्न गर्नुभयो – ‘के तपाईहरुको लोकतन्त्र यही हो जहाँ नागरिकले आफ्ना गुनासोहरु जनतासामु राख्दा प्रहरी र सुरक्षाकर्मी लगाएर मुख थुन्ने ?’




भर्खरै