२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान उर्जामन्त्री लिङ्देन भेट्न पुगे इपानको टोली



अ+ अ-

काठमाडौं । निवर्तमान उर्जामन्त्री राजेन्द्र लिङ्देनलाई भेट्न र विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएकोमा धन्यवाद ज्ञापन गर्न स्वतन्त्र उर्जा उत्पादक संघको टोली राप्रपा केन्द्रीय कार्यालयमा पुगेको छ।

इपानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले हिजाे  राप्रपा अध्यक्ष, निवर्तमान उर्जा मन्त्री लिङ्देनसंग भेट गरि उहाँको छोटो कार्यकालमा विद्युत उत्पादनको क्षेत्रमा चमत्कारिक काम भएको र नेपाली लगानीकर्ता उत्साहित भएको बताउनुभयो।

अध्यक्ष लिङ्देन उर्जामन्त्री छँदा १५०० मेगावाटको विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएका थिए जुन विगत ४ वर्षदेखि रोकिएको थियो । विद्युत खरिद प्रक्रिया अवरुद्ध हुँदा लगानीकर्ता मर्कामा परिरहेका थिए ।

उर्जा उत्पादक संघका टोलीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफ्नो छोटो कार्यकालमा उर्जा क्षेत्रका समस्याको पहिचान गरि त्यसको गाँठो फुकाउन आफूले इमानदार प्रयास गरेको बताए । लामो समय विद्युत खरिद सम्झौता अवरुद्ध हुँदा लगानीकर्ता निराश भइरहेको अवस्थामा नीतिगत सुधार गर्न आफूले प्राथमिकताका साथ काम गरेको अध्यक्ष लिङ्देनले बताए ।

समय छोटोे भयो, छोटो समयका बाबजुद पनि विद्युत खरिद सम्झौता अघि बढ्न सक्यो, जलाशययुक्त बढिगण्डकी, दुधकोशी, तमोर जस्ता ठूला आयोजनाको प्रक्रिया शुरु भयो, नेपालबाट उत्पादित बिजुली खरिद गर्न भारतसंग सम्झौता भयो, लिङ्देनले भने । मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीको इच्छाशक्ति, दृढता, सुशासनप्रतिको प्रतिबद्धता र पारदर्शिता हुने हो भने कर्मचारीतन्त्रको सहयोग रहने आफ्नो अनुभव रहेको प्रतिनिधिमण्डललाई लिङ्देनले सुनाए ।