२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिना चौहानको उपहार, भोको पेटलाई आहार (फोटो फिचर)



अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय भएकी गायिका हुन् एलिना चौहान। आफ्नो जादुमया आवाजले करोडौं नेपाली दर्शक स्रोताको मन जितेकी एलिनाका सयौं गीत बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू लोकप्रिय छन् ।

पछिल्लो समय उनी सामाजिक कार्यमा पनि अग्रसर देखिएकी छिन् । उनले हालै मात्र चितवनको एक नगरपालिकामा बस्ने गरिब वासिन्दालाई खाद्यान्न सहयोग गरेकी छन्। चितवनको राप्ती नगरपालिका १३ का गरिब परिवारलाई दाल, चामाल, नुन तेल लगायतका खाद्यान्न सहयोग एलिनाले शनिबार उक्त स्थानमै गएर हस्तान्तरण गरेकी हुन् ।

यो सहयोग गर्दै गर्दा उनी निकै खुशी देखिइन् । उनले भनिन्, 'धेरै थाकेको छु तरपनि यो थकान सम्झन्दा आनन्द आउँछ ।' उनले सेयर गरेका फोटोहरुले प्रत्यक्ष भनिरहेको छ मिठो के खानु हुन्छ भन्दा खेरी चामलको भात भन्ने उत्तर आउनेछ । सुन्दा सबैलाई अचम्म लाग्न सक्छ तर उनीले खाद्धयन्न पुय्राउने संकल्प लिएका कारण उनको यही महशुसले गर्दा हो । 

उनले राहतका लागि टिकटक लगायतको सोसल प्लाटफर्ममा जानेबारे सोचेकी थिइन् ।  तर उनलाई धेरैले सहयोग गर्ने बाचा गरको उनले बताइन् ।  सोचेको भन्दा धेरै आर्थीक सहयो गर्नु भयो, उनले भनिन् । 

उनले चितवन जिल्लाका बारेमा समाचार पढेकी थिइन र त्यहाँको अवस्था बारे जान्नको लागि उनले इच्छुक राख्दै त्यहाँको मेयरसँग कुरा गरिन् ।  त्यो गाउँमा पुगेपछि उनले थाहा पाइन् मिहेनत गरेपनि वर्षभरी खान नपुग्ने रहेछ । धानको चामलको त परको कुरो मकैको पिठो, कोदोको ढिडो खान नपाएर गिठ्ठा भ्याकुर, चिउरी, टाँकि, सिस्नो खाई जिवन गुजार्दो रहेछन् । शरिर ढाक्ने लुगा लगाउँन पाउँदो रहेनछन् । 

८(१० घण्टा टाढाबाट खाध्यान्न लिन आएको कुरा थाहा भयो एलिनालाई । यति सम्मकि चामल बाँड्दैछन् भन्ने सुनेपछि चामल बाँड्ने मान्छेहरु कस्ता हुन्छन् भन्दै हेर्न आएको कुरापनि उनल सुनिन् । उनी आफैले महशुस गरिन् धेरै कठिन परीश्रमले गाडस् त्यहाँ सम्म पुग्दो रहेछ । धेरैको घर जान खोज्यौ तर सपनामापनि त्यो सम्भव देखिएन किनकि एकबाट अर्को घर जाँन १०(१५ देखि घण्टौ लाग्ने रहेछ । उनले भनिन् । तलबाट सोध्दा माथि टुप्पोको घर देखाउँदै त्यहाँबाट आएको भन्दै थिए धेरै । उनीहरुले दिएको सहयोग लिएर भारी बोकेर त्यही पुग्नु पर्ने कोही त रातको १२ बजे तिर पुग्छौँ भन्दै थिए ।

उनीहरुलाई कसले के दिदैँ छ भन्ने कुरा अज्ञान छन् । उनीहरु केहि दिनको लागि मिठो खान पाउँदै छौँ भन्ने बारेमा मात्र ज्ञात थियो । त्यहाँ यो भन्दा अगाडी कोही पनि सहयोग लिएर नआएको कुरापनि त्यहाबाट थाहा पाएपछि उनलाई दुख लागेको थियो । तर उनले २५० वटा घरलाई सहयोग दिन पाउँदा खाफु धेरै नै खुशी भएको बताएकी छन् ।