काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले पार्टीमा महाधिवेशन आयोजक कमिटी संरचना नरहने बताएका छन् ।
साविक केन्द्रीय कमिटीको बैठक बस्ने र पार्टीलाई त्यसैले अघि बढाउने भन्दै असार १६ गते बिहान ११ बजे बस्ने आयोजक कमिटी बैठकले मौजुदा संरचना खारेज गरी साविकको केन्द्रीय कमिटीमा फर्कने उनले बताएका हुन् ।
उनी ट्वीटरमा लेख्छन्,
अब नेकपा (एमाले) मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसैले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ ।
— Bishnu Rijal (@bishnurijal1) June 27, 2021