२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखका वकिललाई १ घण्टा भन्दा समय दिँदैनौं : महान्यायाधिवक्ता



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको पक्षका कानुन व्यवसायीलाई बहस गर्न डेढ घण्टा समय पाउने भएका छन् । संवैधानिक इजलासले विपक्षीलाई बहसका लागि १५ घण्टा समय छुट्याएको थियो भने सभामुख सापकोटा पक्षका कानुन व्यवसायीलाई डेढ घण्टा समय पाउने भएका हुन्। रिट निवेदनमा सभामुखलाई पनि विपक्षी बनाइएको छ ।

महान्यायाधिवक्ता रमेश बडालले सभामुखका वकिललाई एक घण्टा भन्दा बढी समय दिन नसकिने बताए ।  ‘सभामुखले रिट निवेदन जारी हुनुपर्छ भन्नुभएको रहेछ । त्यसैले उहाँ पक्ष हो, एक घण्टा दिउँला भनेको मान्नुभएन’ उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आवश्यक परेमा आधा घण्टा समय थप गरिदिने बताए । प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकको तर्फबाट आइतबार बहस सकिएको छ ।