२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युरोडमा ८ वर्षीया बालिकामाथि बलात्कारको प्रयास, एक जना प्रहरी नियन्त्रणमा



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । काठमाडौँको न्युरोडमा ८ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जग्गामा बालिकामाथि बलात्कारको प्रयास भएको हो ।

पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्य तामाङलाई रहेका छन् । 

तामाङले खेलिरहेकी ती बालिकालाई धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जग्गामा लगेर बलात्कारको प्रयास गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका थिए ।

तामाङले शनिबार दिउँसो खाली जग्गामा रोकिराखेको गाडीको आड लिएर बालिकालाई जबर्जस्तीकरणी गर्न खोजेको प्रहरीको भनाई छ ।