२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी खुलाउने तयारी



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा निजी सवारीजस्तै जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउने तयारी गरेको छ ।  आइतबार दिउँसो उपत्यकाका तीनै जिल्ला प्रमुख अधिकारीबीच बसेको बैठकले सार्वजनिक सवारी खुलाउने तयारी गरेको हो । 

बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने नगर्ने बारेमा सोमबार बस्ने बैठकले तय गर्ने भएको छ । अहिलेसम्मको कोरोना संक्रमणबारे छलफल भएको र भोलि बस्ने सोमबार बस्ने बैठकले निषेधाज्ञा थप गर्ने÷नगर्नेबारे तय गर्ने काठमाडौं जिल्ला प्रुमख अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले बताए ।

‘सार्वजनिक यातायात खुलाइनै हाल्ने भनेर निर्णय गरिएको छैन । भोलि बस्ने बैठकले संक्रमण दरको अवस्था हेरेर यसबारे विश्लेषण गर्नेछ । साथै, यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुने भएकाले र एकैपटक यातायात खुलाउदा अवस्था फेरी पूरानै हुने सम्भावना हुन्छ । त्यसैले जोरबिजोरबाट लैजान सकिन्छ भन्ने पनि बैठकमा छलफल भएको छ ।’

अहिले निजी सवारीमा जोरबिजोर प्रणालीअन्तर्गत साधन गुडाउन दिइएको भए पनि सार्वजनिक यातायात तत्काल सञ्चालन भएको छैन ।

असार १५ सम्म जारी निषेधाज्ञा थप गर्ने, सार्वजनिक सवारी चल्न दिनेबारेलगायत विषयको मोडालिटी भोलि बस्ने बैठकले तय गर्ने उनले बताए ।