५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपुवा न्यूगिनीविरुद्ध नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीबिरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भईरहेको खेलमा कुशल मल्लले नेपाललाई महत्वपूर्ण विकेट दिलाएका हुन् । कुशलको बलमा सेसे बाउ रन आउट भएका थिए । २४ बलमा ११ रन बनाएका बाउ आसीफ शेखको डाईरेक्ट हिटमा रन आउट हुन पुगे ।

यसअघि स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले पपुवा न्युगिनीका ओपनर किप्लीन डोरीगालाई एलबिडब्ल्यू आउट गराएका थिए । डोरीगा ४३ बलमा २६ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार पार्दासम्म पपुवा न्युगिनीले २० ओभरमा २ विकेटको क्षतिमा ७६ रन बनाएको छ ।