७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

एन्फा बैठकमा बिरोध, बहुमत सदस्यद्धारा बैठक बहिस्कार

एन्फा बैठकमा बिरोध, बहुमत सदस्यद्धारा बैठक बहिस्कार
अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका तीन उपाध्यक्षसहितको कार्यसमितिले अध्यक्षले बढाएको भन्दै बिरोध गरेका छन् ।

बुधवारलाई तय भएको कार्यसमिति बैठकमा बहुमत सदस्यले आफ्नो माग समावेश नभएसम्म कार्यसमिती बैठक शुरु हुन नसक्ने अडानकाबीच एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बलपूर्वक ६–७ वडा एजेण्डा अगाडी बढाएपछि ११ जना केन्द्रिय सदस्य बैठकस्थलबाट बाहिरिएका छन् ।

बिहान आठ बजेबाट शुरु हुने भनिएको बैठक दुई पक्षबीचको विवादका कारण समयमा शुरु हुन सकेको थिएन । उनीहरुले बैठकमा एजेण्डा राख्न माग गर्दै दिएको ज्ञापन पत्रमा आफ्ना मागहरु समावेश नगरेको भन्दै बैठकमा बिरोध जनाएका हुन् ।

तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत १२ सदस्यको मागविपरित अध्यक्ष पंकजविक्रम नेम्वाङले कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षको बर्खास्तसहित विभिन्न पाँच एजेण्डा नथप्ने निर्णय गरेका थिए । सो विषयपछि बैठक उत्कर्षमा पुगेको थियो । असन्तुष्ट मध्येका केन्द्रिय सदस्य टिमका लामाले निवेदन लेखेर एन्फा बैठकको उपस्थित पुस्तिकाबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा समेत गरेका छन् ।

उनले महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग एजेण्डमा नसमेटिनु दु:खद् भएको र अध्यक्ष पंकजविक्रम नेम्वाङसहित २० जनाको उपस्थिति भएकोमा १० जनाले मात्र उपस्थित पुस्तिकामा हस्ताक्षर गरेको हुँदा बैठक अवैध रहेको भन्दै हस्ताक्षर गणना नहुनेगरी फिर्ता लिएका छन् । तर एन्फा अध्यक्ष पंकजले भने एन्फा विधान सम्मत तरिकाले बैठक बसेको बताउनु भयो । उहाले बैठकमा कोरम नपुग्दा कसरी बैठक कसरी सञ्चालन हुने भन्ने विषयमा विधानमा लेखेको भन्दै २० जनको उपस्थितिमा ११ जनाको उपस्थिति भएको बताउनु भयो । अध्यक्ष नेम्वाङले एजेण्डा पाँच दिन अगाडि प्रश्ताव गराउने प्रावधन भएको तर समयमा नभएको भन्दै बैठक सञ्चालन गरेको बताउनु भयो ।

तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, भोजराज शाही, भरत बुढा थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश व्यञ्जनकार, पेमा लामाले शुक्रवार एन्फा अध्यक्षलाई पत्र लेख्दै एजेण्डा थपको माग गरेका थिए ।

उनीहरुले आफ्नो माग समावेश नगरिएसम्म बैठक सञ्चालन हुन नसक्ने अडान राखेका थिए । साथै उनीहरुले बैठक कक्षमा रहेका महासचिव राई र कोषाध्यक्ष जोशीलाई बाहिर निकाल्न समेत माग गरेका थिए । दुवै पक्ष आफ्नो अडानमा कायम रहँदा विवाद उत्पन्न भएको हो । उपाध्यक्ष दावा लामा र दीर्घबहादुर केसी तथा अर्को उपाध्यक्ष दीपक खतिवडा र सदस्य पुरुषोत्तम थापाबीच अस्वभनिय व्यवहार पनि भएको थियो ।

एन्फा सचिवालयले १९ एजेण्डामाथि छलफल गर्ने भन्दा पनि कार्यसमितिभित्रै विवादित बन्दै आएको फिफा विश्वकप टिकटको ‘अवैधानिक बिक्री’, खेलाडीका पुरस्कार लगायतका विषय समावेश थिएनन् । उनीहरुले आफ्नो माग समावेश नगरिएसम्म बैठक सञ्चालन हुन नसक्ने अडान राखेका थिए । साथै उनीहरुले बैठक कक्षमा रहेका महासचिव राई र कोषाध्यक्ष जोशीलाई बाहिर निकाल्न समेत माग गरेका थिए । दुवै पक्ष आफ्नो अडानमा कायम रहँदा विवाद उत्पन्न भएको हो ।

यसअघि पनि कार्यसमितिका बहुमत १४ सदस्यले जर्मन नागरिक नविन पाण्डेलाई विदेश विभाग प्रमुखबाट हटाउनुपर्ने भन्दै यस्तै पत्र बुझाएका थिए । यसका साथै गत नोभेम्बर/डिसेम्बरमा कतारमा भएको विश्वकपका लागि फिफाबाट प्राप्त दुई सय ९० मध्ये सयभन्दा बढी टिकट दुरुपयोग भएको भन्दै उठेको विषयमाथि पनि छलफल हुनुपर्ने उनीहरुको एजेण्डा छ ।