२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट ग्याँसको मूल्य बढेर आयो, पेट्रोल र डिजेलको घट्यो



अ+ अ-

काठमाडौ । भारतबाट डिजेलको मूल्य प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले घटेर आएको छ । खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको निगम स्रोतले बताएको छ ।

बुधबार इण्डियन आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्य घटेको र खाना पकाउने ग्यासको मूल्य बढेको पत्र नेपाल आयल निगमलाई पठाएको स्रोतले बताएको छ ।

यस्तै, भारतबाट हवाइ इन्धन प्रतिलिटर ७.३ रुपैयाँ घटेर आएको छ । इण्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा आयल निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ । यसअघिको मूल्यसूचीमा पनि मूल्य घटेर आएको थियो । तर नेपालमा भने घटाइएको थिएन ।