१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट ग्याँसको मूल्य बढेर आयो, पेट्रोल र डिजेलको घट्यो



अ+ अ-

काठमाडौ । भारतबाट डिजेलको मूल्य प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले घटेर आएको छ । खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको निगम स्रोतले बताएको छ ।

बुधबार इण्डियन आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्य घटेको र खाना पकाउने ग्यासको मूल्य बढेको पत्र नेपाल आयल निगमलाई पठाएको स्रोतले बताएको छ ।

यस्तै, भारतबाट हवाइ इन्धन प्रतिलिटर ७.३ रुपैयाँ घटेर आएको छ । इण्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा आयल निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ । यसअघिको मूल्यसूचीमा पनि मूल्य घटेर आएको थियो । तर नेपालमा भने घटाइएको थिएन ।