१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीका डिफेन्डरमाथि बलात्कारको आरोप



अ+ अ-

एजेन्सी । मोरक्को तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का डिफेन्डर अच्रफ हाकिमीमाथि बलात्कारको आरोप लागेको छ ।

आरोपको विषयमा फ्रान्सको सम्बन्धित कार्यालयले प्रारम्भिक अनुसन्धान थालेको बिबिसीले उल्लेख गरेको छ ।

२४ वर्षीया महिलाले पिएसजीका स्टार हाकिमीले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।

महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको बिबिसीले जनाएको छ ।

हाकिमी मोरक्कोले कतारमा भएको विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रच्दा टोलीका प्रमुख खेलाडी थिए । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम समेत बनेको थियो ।

य‍द्यपि, आरोपको विषयमा हाकिमी र पिएसजीबाट अहिलेसम्म सार्वजनिक रूपमा प्रतिक्रिया जनाएको छैन ।