२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीद्वारा नेपाललाई २०४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)ले नेपाललाई जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ ।

यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा टस हारेको पहिले ब्याटिङ गरेको पीएनजीले नेपाललाई २ सय ४ रनको लक्ष्य दिएको हो ।

यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाए । कप्तान असद भाला ३६ तथा सेसे बाउ ३१ रनमा गुलशन झाको बलबाट आउट भए ।

किप्लिन डोरिगाले २९ रन र नर्मन भानुवाले २५ रन बनाएर कुशल मल्लको बलमा आउट भए । यस्तै हिरिले १० रनमा मात्र सिमित रहे । उनलाई आजको खेलबाट डेब्यु गरेका प्रतिश जी.सीले आउट गराए ।

नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी,सोमपाल कामी,प्रतिश जी।सीले भने समान १र१ विकेट लिए ।
तीव्र गतिका बलर प्रतिश जी।सीले एकदिवसीय अन्तराष्ट्रियमा आज पपुवा न्युगिनी विरुद्ध डेब्यू गरेका हुन् । यससँगै प्रतिश एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी बनेका छन् ।