१३ श्रावण २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै हसिनाको स्वदेश फर्किने घोषणा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीद्वारा नेपाललाई २०४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)ले नेपाललाई जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ ।

यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा टस हारेको पहिले ब्याटिङ गरेको पीएनजीले नेपाललाई २ सय ४ रनको लक्ष्य दिएको हो ।

यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाए । कप्तान असद भाला ३६ तथा सेसे बाउ ३१ रनमा गुलशन झाको बलबाट आउट भए ।

किप्लिन डोरिगाले २९ रन र नर्मन भानुवाले २५ रन बनाएर कुशल मल्लको बलमा आउट भए । यस्तै हिरिले १० रनमा मात्र सिमित रहे । उनलाई आजको खेलबाट डेब्यु गरेका प्रतिश जी.सीले आउट गराए ।

नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी,सोमपाल कामी,प्रतिश जी।सीले भने समान १र१ विकेट लिए ।
तीव्र गतिका बलर प्रतिश जी।सीले एकदिवसीय अन्तराष्ट्रियमा आज पपुवा न्युगिनी विरुद्ध डेब्यू गरेका हुन् । यससँगै प्रतिश एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी बनेका छन् ।