१३ श्रावण २०८३, बुधबार
,
Latest
हसिनाको स्वदेश फर्किने घोषणा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीबिरुद्ध नेपाललाई चौथो सफलता, गुलशनले मात्रै लिए तीन विकेट



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीबिरुद्ध नेपालर्ले चौथो सफलता हात पारेको छ ।

दुबई क्रिकेट मैदानमा जारी खेलमा गुलशन झाले चाल्र्स अमिनीलाई आउट गराएसँगै नेपाललाई चौथो सफलता मिलेको हो । चाल्स १४ बलमा ६ रन बनाएर प्रतिशको हातबाट क्याच आउट भए ।

त्यसअघि गुलशनले नै २४ औं ओभरको दोस्रो बलमा पिएनजीका सेसे बाउलाई ३१ रनमा बोल्ड गराएर नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

नेपाललाई दोस्रो सफलता पनि गुलशनले दिलाएका थिए । ओपनर किप्लिङ डोरिगालाई २८ रनमा क्याच आउट गराउँदै गुलशनले दोस्रो सफलता दिलाएका थिए । उनले ५२ बलमा ४ चौका प्रहार गरे ।

तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पिएनजीका ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उराले १३ बल खेलेका थिए ।

यो समाचार तयार पार्दासम्म पपुवा न्युगिनीले ३१ ओभरमा ४ विकेट गुमाउँदै १०६ रन बनाएको छ ।