५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको एक प्रतिनिधिमण्डल बङ्गलादेशमा हुने दक्षिण एसियाली मानवअधिकारसम्बन्धी सम्मेलनमा सहभागी हुन ढाका प्रस्थान गरेको छ ।

सार्क हुमेन राइट्स फाउण्डेशनको आयोजनामा शुक्रबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्गलादेशमा मानवअधिकारको अवस्था नामक सम्मेलनमा सहभागी हुन प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले प्रमुख अतिथिका रूपमा सम्मेलनमा सम्बोधन गर्नु हुनेछ । प्रतिनिधिमण्डलमा नेता खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडा र पार्टीका केन्द्रीय सदस्य ताजमहम्मद मियाँ हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री खनाल र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शुक्रबार शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । अन्य उच्चस्तरीय भेटवार्ता पनि तय भएको खनालको सचिवालयले जनाएको छ । रासस