२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक हुँदै



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोग, नेपालले आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्दैछ ।

आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो ।

नामावली प्रकाशनपछि दाबी–विरोध गर्ने तथा नाम सच्याउन दुई दिनको समय दिइनेछ । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेश सभा सदस्यहरुले मत दिन पाउने व्यवस्था छ ।

राष्ट्रपतिमा निर्वाचित हुनको लागि सङ्घीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य सङ्ख्याको बहुमत अर्थात् ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । राष्ट्रपतिको उम्मेदवार ४५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्छ। यद्यपी, संघीय संसद् र प्रदेश सभाका सदस्य नै राष्ट्रपति हुनुपर्छ भन्ने व्यवस्था छैन ।