१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँः मुख्यमन्त्री गिरी

प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँः मुख्यमन्त्री गिरी
अ अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेशवासीलाई नमूना राजधानी सहर हस्तान्तरण गर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रदेश छैटौँ स्थापना दिवसको अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममा उहाँले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमूना सहरका रुपमा विकास गर्ने योजनासहित सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशवासीलाई सुन्दर र नमूना राजधानी सहर हस्तान्तरण गर्नेछौँ ।”

मुख्यमन्त्री गिरीले ‘समृद्ध प्रदेश, आत्मनिर्भर जनता’ को अभिभारा पूरा गर्न लागिपरेको भन्दै सरकारको अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो । “मिनी नेपालका रुपमा रहेको लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट र नमूना प्रदेश बनाउने अभियानमा सरकार लागिपरेको छ”, उहाँले भन्नुभयो, “हामी जनतालाई समृद्ध र आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँ, नागरिकलाई परिवर्तनको आभाष दिलाउने गरी काम गर्छौँ ।”

प्रदेशको समृद्धिका आधार खोजी गर्दै सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री गिरीले प्रदेशको समृद्धिका आधारको खोजी पहिल्याउने बताउनुभयो । उहाँले कृषि र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गरेर लुम्बिनीलाई समृद्ध र समुन्नत प्रदेश बनाउने बताउनुभयो ।

पूर्वाधारको विकासले मात्र प्रदेश समृद्ध नहुने बताउँदै मुख्यमन्त्री गिरीले जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । “समृद्धिसँग पूर्वाधार विकासलाई मात्र जोड्ने गरिन्छ । पूर्वाधारको विकास हुँदैमा मुलुक समृद्ध बन्दैन”, उहाँले भन्नुभयो, “जनताको जीवनस्तरमा सुधार नआउँदासम्म समृद्धिको अर्थ रहँदैन भन्ने विषयलाई आत्मसात् गर्दै सरकारले पूर्वाधारको विकाससँगै नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम पनि सँगसँगै अगाडि बढाउँछ ।”

सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकारका पाँच वर्ष उपलब्धीमूलक रहेको बताउँदै मुख्यमन्त्री गिरीले पूर्वाधार र कानुनको अभावमा शून्यबाट कार्य प्रारम्भ गरेको प्रदेश सरकारले पाँचवर्षमा ७२ वटा कानुन निर्माण गरेको स्पष्ट पार्नुभयो । प्रदेशवासीले अपनत्व महसुस गर्नेगरी प्रदेशको राजधानी र नामकरण टुङ्गो लगाएको बताउँदै सङ्घीयता कार्यान्वयनसँगै अब विकास र समृद्धिको यात्रालाई तीव्ररुपमा अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले पूर्वाधार अभावमा सरकारका सम्पूर्ण संरचना राजधानीस्थलमा स्थानान्तरण हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारको अभावमा सरकारका सबै कामकारबाही राजधानीस्थलबाट सञ्चालन गर्न सकिरहेका छैनौँ । अबको एक महिनाभित्र सरकारका सबै सेवा राजधानीस्थल राप्ती उपत्यका देउखुरीबाटै सुरु गर्ने गरी सरकार लागिपरेको छ ।”

कार्यक्रममा प्रदेशको कला संस्कृति झल्कने विभिन्न जातजाति, समुदायका सांस्कृतिक कार्यक्रमसहितका झाँकी प्रस्तुत गरिएका थिए । प्रस्तुत झाँकीअन्तर्गत दाङ घोराहीको मगर महिला समुदायको भुम्या नृत्य प्रथम, राप्ती गाउँपालिका–३ मगर समुदायको पञ्चेबाजा समूह द्वितीय, थारु समुदायको बड्का नाच तृतीय स्थान हासिल गरेका छन् । उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रदेश सरकार स्थापना दिवसको अवसरमा प्रदेशमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका विभिन्न ६१ जनालाई विभूषित गरिएको छ । प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जीतबहादुर थापालाई विभूषित गरिएको छ ।

यादवलाई सङ्घीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पुर्याएको भन्दै विभूषित गरिएको हो ।

यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डा मोहिउद्दिन किदवाई र डा राजन पाण्डेलाई विभूषित गरिएको छ । डा किदवाईलाई नेपालमै अधिक शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारु समुदायमा रहेको सिकलसेल एनेमिया र थाले सिमियासम्बन्धी स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउन अध्ययन अनुसन्धानमा सहयोग पु¥याएको भन्दै विभूषित गरिएको हो ।