८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

३६ हजारको हताहतिसँगै टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्वको ध्यान केन्द्रित

३६ हजारको हताहतिसँगै टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्वको ध्यान केन्द्रित
अ अ+ अ-

एजेन्सी । कहरामनमारासलाई केन्द्रविन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा छत्तीस हजारभन्दा बढीको हताहतिपछि अब टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ ।

अकल्पनीय क्षतिले निम्त्याएको मानवीय सङ्कटलाई सम्बोन गर्न, घरबार बिहीन भएका लाखौँलाई सहयोग गर्न, उनीहरूका निम्ति गाँस र बासको व्यवस्थातर्फ उनीहरूको ध्यान केन्द्रित भएको हो । भूकम्पका कारण रसदपानीको अभाव र चरम चिसोले नराम्ररी पिरोलिएका भूकम्पपीडित भग्नावशेषमा आफन्तलाई जीवितै फेला पार्ने आश मारेर बसेका छन् । यद्यपि खोज तथा उद्धार जारी छ ।

हालसम्म १२ लाख भूकम्पपीडितलाई विद्यार्थीका आवासमा अस्थायी रूपमा व्यवस्थापन गरिएको, दुई लाख छ हजारभन्दा बढी पाल टाँगेर बासको व्यवस्था गरिएको तथा चार लाख पीडितलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको टर्कीए सरकारले जनाएको छ । भत्किएका भवनका भग्नावशेषबाट जीवित उद्धार गरिएका पाँच सय ७४ जना बालबालिकामध्ये ७६ जनालाई तिनका अभिभावकसमक्ष सुम्पिइएको छ । धेरैका आमाबाबु अझै बेपत्ता छन् । उनीहरू बोल्न नसक्ने भएकाले उनीहरूका अभिभावक पत्ता लगाउन कठिन भएको उनीहरूको भनाइ छ ।

भैँचालोले तहसनहस भएको टर्कीएको अन्टाक्या शहरका केही स्थानमा टेलिफोन नेटवर्क सञ्चालनमा आएको, भग्नावशेष पन्छाउँदै शौचालय निर्माण थालिएको छ । शहरमा लुटपाटका घटना दोहोरिन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको छ । खाद्यान्न र अन्य सहायता सामग्री बोकेका सवारी साधन आइरहेका छन् ।

प्रारम्भिक आकलनअनुसार टर्कीएमा ८५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ । झण्डै ७१ अर्ब डलरको भौतिक क्षति आवास क्षेत्रमा भएको छ । एक दशकभन्दा लामो समयदेखि गृहयुद्धले गाँजेको सिरियाको क्षतिको आकलन भइसकेको छैन । विद्रोहीको नियन्त्रण्मा रहेका सिरियाली भूभागमा राहत सामग्री कसरी पु¥याउने भन्ने चिन्ताबाट संयुक्त राष्ट्रसङ्घ मुक्त हुन सकेको छैन । दुवै देशका पीडितहरू समयमै सहायता प्राप्त नभएकामा आक्रोशित छन् ।

सिरियाका राष्ट्रपति बसर अल असदले ध्वस्त भएका देशका भौतिक पूर्वाधार निर्माणमा मद्दत गर्न अन्तर्राष्ट्रिय सहयोगा निम्ति आह्वान गरेका छन् । करिब ५० लाख सिरियाली युद्धसँगै भूकम्पबाट घरबारविहीन भएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियामा मानवीय सहायता परिचालन गर्न उत्तरपश्चिम सिरियाका दुई वटा नाका खोल्न राष्ट्रपति असद सहमत भएको बताएका छन् ।

सिरियाको यातायात मन्त्रालयका एक जना अधिकारीका अनुसार हालसम्म राहत सामग्री लिएर विभिन्न देशका ६२ विमान सिरिया आएका छन् । आगामी दिन थप सहायता सामग्री प्राप्त हुने अपेक्षा गरिएको उनले बताएका छन् । साउदी अरबबाट थप सहायता प्राप्त हुने उनको विश्वास छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले घर भत्केका लाखौँ सिरियालीलाई अधिकभन्दा अधिक सहायता आवश्यक भएको बताएका छन् । सोमबार सुडानले ३० टन राहत सामग्री पठाएको छ । सोमबार नै अस्थायी आवास निर्माणमा प्रयोग हुने सामान बोकेका मालबाहक सवारी साधन टर्कीएबाट उत्तरपश्चिम सिरिया पुगेका छन् ।