१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

सत्तारुढ गठबन्धन भत्किनेप्रति केपी ओलीको आशंका

सत्तारुढ गठबन्धन भत्किनेप्रति केपी ओलीको आशंका
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गर्नुभएको छ ।

मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गर्नुभएको हो ।

उहाँले संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शंका व्यक्त गर्नुभयो । उहाँले देशभित्रका र बाहिरका शक्तिहरु देशलाई बर्बाद पार्न लागेका बताउनु भयो । एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उहाँले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताउनु भयो । उहाँले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले साथीहरु काफी प्रशन्न भएको देख्छु म । हामीले पाँचदलिय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रशन्न भएको देखिन्छ । प्रशन्न हुनुपर्दछ । तर कथम कदाचित यो स्थिति फेरियो भने ? संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । बहुमत कसैको छैन । हाम्रो पार्टीसँग बहुमत छैन । हामीसँग बहुमत भन्दा निकै तल सिट छ । र अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशिल छन् ।’

‘यो देश बर्बाद पार्न सबभन्दा पहिले यदी कुनै डाकाले बैंकमा डकैती गर्नप¥यो भने पहिले पालेलाई प्रहार गर्छ । नेकपा (एमाले) यो देशमा डकैती गर्न नदिने गेटको पाले हो । यसमाथि नहानीकन भित्रै पस्न पाउँदैन । त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । त्यसकारण फेरि पनि हुँदैन भन्न सकिँदैन । अनेक प्रकारका शक्तिहरु क्रियाशिल छन् । अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका छन् । यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरु भइरहेका छन् ।’

अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताउनु भयो । कसैले पनि संस्थागत रुपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भएपनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको बताउनु भयो । उहाँले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरु राम्रोसँग पढेर राम्रो नतिजा ल्याउनेखालको हुनुपर्ने बताउनु भयो । कुनैपनि बाहानामा आफ्नो पढ्ने काम नछोड्न उहाँले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘पहिले पहिले हाम्रो समयतिर खुब चल्यो, बुर्जुवा शिक्षा बहिष्कार गरौँ भन्ने कसैले । कसैले क्या मौका मिल्यो, पढ्न गाह्रो भइराखेको थियो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा च्याप्प समात्यो, कुद्यो । वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा बिल्कुल नचाहिने काम थियो । र त्यो संस्थागत रुपमा कसैले दिएको पनि होइन । केही मान्छेका लहडमा बुर्जुवा शिक्षा, मानिलिउँ सर्वहारा शिक्षाको युनिभर्सिटी कतै उनले खोलेर राखेको जस्तो । त्यहाँ गएर पढ्दा हुनेजस्तो । अथवा मान्छेलाई अनपढ बनाउने बाटो । म तपाईहरुलाई भन्न चाहन्छु हाम्रा विद्यार्थी भाइ बैनीहरु, अनेरास्ववियुका भाइबैनीहरु ट्यालेन्ट हुनुपर्दछ । परिक्षामा प्रथम, द्वितीय, तृतिय, चौथो हुने को हो भन्दा अनेरास्ववियुका विद्यार्थी । आन्दोलनले गर्दा पढ्नै पाइएन । त्यस्तो कहिल्यै पनि हुँदैन ।’
बाइट … केपी शर्मा ओली, अध्यक्ष, नेकपा (एमाले)
अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुनेकुरामा विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिष्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठनहरु भर्खरै सिक्दै गरेका भनि टिप्पणी गर्नुभयो । उहाँले नेविसंघलाई अनेरास्ववियुले जहिलेपनि छक्का हान्दै आएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘नेविसंघ भनेको अनेरास्ववियुसँग जित्न नसकेर २७ सालमा, २६ सालमा निउ खोजेर अलग भएर २७ सालदेखि अलग्गै संगठनको रुपमा काम गरेको । २६ सालमा अनेरास्ववियु फुटाएर नेविसंघ बनाएको । अनेरास्ववियुभित्र लड्न नसकेर, अडिन नसकेर, टिक्न नसकेर भागेको संगठन हो । अब अरु पछि जन्मिएका भाई, बहिनी संगठनहरु यसो खेल्दैछन् । सिक्दैछन् । ति तपाईहरुको संगठनका भाइबैनी संगठन हुन् तिनीहरु । ति त पछिपछि हामीसँग सिक्दै त्यसरी खोल्दै गएका हुन् । त्यसकारण अहिले उनीहरुको जित्ने बेला भएको छैन । अहिले उनीहरु सिक्ने हो । नेविसंघलाई हामीले जहिल्यैपनि छक्का हान्दिने गरेको हो । त्यसकारण मैले विश्वास लिएको छु यसपल्ट पनि तपाईहरुको ब्याटिङ डरलाग्दो हुनेछ । तपाईहरुले स्ववियु निर्वाचनमा अरुको बलिङलाई छक्का हानेर दर्शक दिर्घामा पु¥याइदिनुहुनेछ । हरेक क्याम्पसमा अनेरास्ववियु । यसरी तपाईहरु जानुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गर्नुभयो । उहाँले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्वकांक्षा बोक्नु नहुने बताउनु भयो ।