८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेपालको कानूनी व्यवस्था र न्याय प्रणाली कति छिटो छ भन्ने कुरा रविको मुद्दामा देखियो: सांसद भण्डारी

नेपालको कानूनी व्यवस्था र न्याय प्रणाली कति छिटो छ भन्ने कुरा रविको मुद्दामा देखियो: सांसद भण्डारी
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले लघुवित्तको कारण धेरै मानिसहरुले आत्महत्या गर्ने गरेको भन्दै सो विषयमा अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद भण्डारीले लघुवित्तको चर्को व्याजदरका कारण धेरै मानिसहरुले आत्महत्या गर्ने सम्मको अवस्था आएको भन्दै यस सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताउनुभएको हो ।

उहाँले लघुवित्तका कारण बढीजसो महिलाहरुले आत्महत्या गर्ने गरेका भन्दै यस बारेमा सरकार मौन बसेको बताउनु भयो । उहाँले लघुवित्तका कारण आत्महत्या गर्न बाध्य मानिसहरुलाई सरकारले सुरक्षित गर्नुपर्ने बताउनु भयो । अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने सांसद भण्डारीको भनाई छ ।

उहाँले भन्नुभयो – ‘ग्रामिण इलाकामा बस्ने जनताहरु लघुवित्तको कारणले गर्दा ४० जनाजतिले आत्महत्या गरेका छन् । चर्को व्याज र सेवा सुविधामा चर्को लेनदेनको कारणले गर्दा त्यसमा पनि अत्याधिक महिलाहरु परेको सञ्चारमाध्यमबाट आइरहेको छ । नेपालको कानूनी व्यवस्था, नेपालको न्याय प्रणाली कति छिटो, छरितो छ भन्नेकुरा रवि लामिछानेको मुद्दामा हामीले देख्यौँ । कतिछिटो सर्वोच्चले फैसला गर्दोरहेछ । कति छिटो प्रहरीले अनुसन्धान गर्दोरहेछ ।’

‘तर नेपालमा यतिधेरै मानिसहरुले, महिलाहरुले आत्महत्या गर्नेकुरा राष्ट्रिय समाचार बन्दापनि यसको बारेमा हामी मौन छौँ । यसको बारेमा जानकारी पाउनुप¥यो र सरकारले सुरक्षित गर्नुप¥यो । के हो ? अनुसन्धानको दायराभित्र आउनुप¥यो । योभन्दा ठूलो अपराध मानव इतिहासमा केही पनि हुन सक्दैन । विकास, सहयोग, सेवाको नाममा होस् सबै ठग प्रणालीमा परिणत हुनु भएन ।’