२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी भोजपुर आउँदै



अ+ अ-

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार गृह जिल्ला भोजपुर आउनुहुँदैछ ।

षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म स्थानमा निर्माण गरिएको सालिक अनावरण तथा योगमाया न्यौपानेको समाधिस्थल मझुवाबेँसीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोजपुर आउन लाग्नुभएको हो ।

उहाँले साल्पासिलिछो गाउँपालिका–१ गौँडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्ने कार्यक्रमसमेत रहेको छ । राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गर्नेलगायत कार्यक्रम रहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । रासस