३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्बोडियामा ज्यान गुमाएका निराकर पाण्डेको शव बिर्तामोड ल्याईयो



अ+ अ-

बिर्तामोड । कम्बोडिया र थाइल्यान्ड सीमा नजिकैको एक क्यासिनोमा भीषण आगलागीमा ज्यान गुमाएका विर्तामोड–१ का निराकार पाण्डेको शव आज बिर्तामोड ल्याईएको छ । शव आएसँगै सबैलाई स्तब्ध बनाएको छ ।

युवा व्यवसायी निराकार विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् । गत पुस १४ गते निराकारको मृत्यु भएको थियो । विदेशबाट विभिन्न प्रक्रिया पुर्याएर शव ल्याउन ढिला भएको हो ।

निराकारको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निराकारको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताउनुभएको थियो ।

विर्तामोडस्थित निवासमा शव आउने खबर थाहा पाएर पाण्डे निवासमा विहानैदेखि हजारौं शुभचिन्तक भेला भएका थिए ।

शुक्रवार साँझ पाण्डेको शव कम्बोडियाबाट नेपाल ल्याइएको थियो । परिवार स्रोतका अनुसार आज दिउँसो निराकारको कनकाई माईमा अन्त्येष्टि गरिने छ ।