८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

चैतभित्र अधिवेशन गर्न जनसङ्गठनलाई एमालेको निर्देशन

चैतभित्र अधिवेशन गर्न जनसङ्गठनलाई एमालेको निर्देशन
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले आगामी चैत मसान्तभित्र जनसङ्गठनको राष्ट्रिय अधिवेशनरसम्मेलन गर्न निर्देशन दिएको छ । अधिवेशनरसम्मेलन गर्न बाँकी रहेका त्यस्ता जनसङ्गठनले तीन महिनाभित्र सकाउनुपर्ने छ ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रको सहसंयोजक रचना खड्काका अनुसार एमालेमा राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेशागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घ र रिटर्नी फेडरेशन नेपाल गरी आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ ।

एमालेको तत्कालीन नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता भइपछि जनवर्गीय सङ्गठनको समयमा हुनुपर्ने राष्ट्रिय सम्मेलन र अधिवेशन हुन सकेका थिएन । उनले जनवर्गीय सङ्गठनलाई केन्द्रीय कमिटी बैठकलगायत विधानले व्यवस्था गरेका स्थानीय तहसम्मका अधिवेशनरसम्मेलन, बैठक, भेला तथा प्रशिक्षण अविलम्ब र नियमित गर्न निर्देशन दिएको बताइन् ।

जनसङ्गठन आमजनसमुदायमा पुग्ने भरपर्दो वर्गीय, सामुदायिक र पेशागत सङ्गठन भएकाले यिनीहरु जति सक्रिय हुन्छन्, त्यति नै पार्टीका पक्षमा जनमत तयार हुने, कार्यकर्ता उत्पादन हुने, विषयगत दक्ष जनशक्ति तयार हुने र सम्बन्धित क्षेत्रका जनसमुदायसँग सम्बन्ध घनिष्ट हुने एमालेले ठहर गरेको छ ।

त्यसैगरी लक्षित समुदायको पहिचान गरी अभियानका रुपमा सदस्यता विस्तारलाई तीव्रता दिने एमालेले जोड दिएको छ ।

“प्रत्येक जनसङ्गठनका अलग–अलग कार्यक्षेत्र, कार्य–प्रकृति र सरोकार रहेका छ । आआफ्नो वर्ग, समुदाय र पेशाका माग र मुद्दालाई बलियो गरी नपरेसम्म बलियो सङ्गठन बनाउन सकिँदैन भन्नेमा हामी स्पष्ट नै छौँ”, एमाले काभ्रेको धुलिखेलमा सम्पन्न भएको जनसङ्गठन भेलाले जारी गरेको घोषणापत्रमा भनिएको छ, “अतः पार्टीलाई बलियो बनाउन, आफ्नो सङ्गठनलाई नेता सङ्गठनका रुपमा स्थापित गर्न र आआफ्नो वर्ग, समुदाय र पेशाका हितलाई प्रवद्र्धन गर्नका लागि सिर्जनशील रुपमा क्रियाशील हुने अठोट व्यक्त गर्दछौँ ।” रासस