३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

गभर्नर अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा सहभागी

गभर्नर अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा सहभागी
अ+ अ-

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी २०७९ पुस २२ गते अन्तर्राष्ट्रिय मुद्राकोषले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘South Asia’s Path to Resilient Growth’  (लचिलो विकासमा दक्षिण एसियाको बाटो) विषयक उच्चस्तरीय सम्मेलनमा सहभागी हुनुभयो ।

सम्मेलनको उद्घाटन सत्रमा कोषद्वारा प्रकाशित’South Asia’s Path to Resilient Growth’ नामक पुस्तक सार्वजनिक गरिएको थियो । सो अवसरमा अन्तर्राष्ट्रिय मुद्राकोषका उप–प्रबन्ध निर्देशक एन्टोनियो साहेयले उक्त पुस्तकमा समेटिएका विषयवस्तुको सारांश प्रस्तुत गर्नुभयो ।

सम्मेलनको उच्चस्तरीय नीति प्यानल छलफलमा विशेषज्ञ वक्ताका रूपमा गभर्नर अधिकारीले कोभिड–१९ पछि नेपालमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै यसबाट पारदर्शिता र सुशासन अभिवृद्धि तथा सम्पत्ति शुद्धीकरण निवारणमा टेवा पुगेको धारणा राख्नुभयो ।

सो कार्यक्रममा उहाँले विश्व भू–राजनीतिमा देखिएको असन्तुलनलाई अवसरका रूपमा लिई विदेशी विनिमय सञ्चिति, राजस्व तथा उपभोगका लागि विप्रेषणमा निर्भर रहेको नेपाली अर्थतन्त्रको संरचनात्मक सुधारमार्फत मुलुकलाई दिगो आर्थिक वृद्धिको बाटोतर्फ लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–प्रबन्ध निर्देशक एन्टोनियो साहेयको उपस्थितिमा आयोजित बन्द समूह बैठकमा गभर्नर अधिकारीले कोषको नयाँ दिल्लीस्थित तालिम केन्द्रलेसार्क मुलुकका केन्द्रीय बैंकको क्षमता विकासमा महत्वपूर्ण भूमिका निभाएको चर्चा गर्दै आगामी दिनमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोगलाई थप प्रभावकारी बनाउन कोषलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सम्मेलनमा भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले समेत विशेषज्ञ वक्ताको रूपमा धारणा राख्नुभएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले विशेष वक्ताका रूपमा सम्बोधन गर्दै सार्क मुलुकले झेल्नुपरेका वर्तमान आर्थिक चुनौतीका विषयमा धारणा राख्नुभयो । उहाँले मूल्य वृद्धि नियन्त्रण, बाह्य ऋणको जोखिम व्यवस्थापन, उत्पादकत्व वृद्धि, इन्धन सुरक्षा तथा सार्क क्षेत्रमा हरित अर्थतन्त्र निर्माणका लागि समन्वयलगायतका विषय सार्क क्षेत्रको नीतिगत प्राथमिकतामा पर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्राकोषको उच्च अधिकारीसँगै सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरूको सहभागिता थियो । उक्त सम्मेलनमा सहभागी भई गभर्नर अधिकारी पुस २३ गते स्वदेश फर्कनुभयो ।