२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा अनियन्त्रित ट्रक शवयात्रामा प्रवेश गर्दा १९ जनाको मृत्यु, २० घाइते



अ+ अ-

एजेन्सी । चीनको जियाङ्सी राज्यको नान्चाङ काउन्टीमा शनिबार ठूलो दुर्घटना भएको छ । नेपाली समय अनुसार राति १०ः४५ बजे यहाँ सडक दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा बीस जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेहरूलाई तत्कालै अस्पतालमा भर्ना गरिएको थियो ।

अल जजिराको रिपोर्टका अनुसार केही व्यक्ति शव लिएर शवदाह गृहमा गइरहेका थिए । त्यसपछि एउटा ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो । ट्रकका चालकले मानिसलाई किच्दै गए । जसका कारण शवयात्रामा सहभागी अधिकांश व्यक्तिको ज्यान गयो वा घाइते भए । घटनाको एक घण्टापछि प्रहरी घटनास्थल पुगेको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कुहिरोका कारण ट्रक चालकले मानिसहरूलाई देख्न सकेनन् । दुर्घटनापछि ट्राफिक प्रहरीले सूचना जारी गरेको थियो । जसमा यात्रुहरूले फग लाइटमा ध्यान दिनुपर्ने, ढिलो र सुरक्षित रूपमा सवारी चलाउनु पर्ने, मानिसहरूले सडक परिवर्तन र ओभरटेक गर्नबाट जोगिनु पर्ने लगायतका जानकारी गराइएको छ ।