८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुतहरुप्रति सलाम छः गृहमन्त्री

नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुतहरुप्रति सलाम छः गृहमन्त्री
अ+ अ-

काठमाडौँ । उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

निरीक्षण भ्रमणको क्रममा उप–प्रधान तथा गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाई म्याण्डेट अनुसार काम गर्नुपर्ने बताउनुहुँदै विगतमा भएका कमजोरीहरुलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङग्रीदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउनुहुँदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो– नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुत तपाईहरुलाई सलाम छ, मेरो कार्यकालभरी मात्र होईन जीवन कालभरी तपाईले गरेको सलामको इज्जत राख्ने छु ।

जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा सहिद भएर मात्र देशभक्ति नहुने बताउनुहुँदै उप–प्रधान तथा गृहमन्त्री लामिछानेले भन्नुभयो–‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्यूटि वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।’ उहाँले मनमा जहिले पनि हामी थोरै छाँै तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो, भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखि सोही अनुसार कार्यसम्पादन गर्न सकियो भने हामी पनि भन्ने छौ ‘हामीसंग बल छ, त्यसैले त हामी बलिया छौ, हामी जे गर्ने छौ, राम्रो गर्ने छौ, कानुन सम्मत गर्ने छौ, आफ्ना लागि मात्र होईन जनताका लागि गर्ने छौ र राष्ट्रका लागि गर्ने छौ भन्ने भावना लिएर अगाडी बढ्नु जरुरी रहेको बताउनुभयो ।

उप–प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोषा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शीर नउठाओस् भन्ने हामी सबैको चाहना रहेको बताउनुभयो ।

उहाँले सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरै राष्ट्रसेवकहरुको मन अमिलो भएको हुन सक्छ भने केहि घमण्डको गुलियो र हिनतावोधको कारण एकै ठाँउमा कार्यगर्दा व्यावसायिक क्षमतामा ह्रास आउन सक्ने भएको हुँदा सरुवा, बढुवा लगायतका कार्यहरु क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित रही सम्पादन गरिने समेत बताउनुभयो ।

धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाई राज्यप्रदत्त जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आईरहेको बताउनुहुँदै नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद् विपद्मा परेकाहरुको उद्वार तथा सीमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको बताउनुभयो ।

उहाँले आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतीमा संगठनलाई चल्ने अवस्था श्रृजना गर्नको लागि पारदर्शीता र जवाफदेहिता सहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, यूएन मिशन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरुलाई न्यायसंगत वितरणको प्रक्रिया थालनी गरिएको बताउनुभयो ।

संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको आचरण, आर्थिक अनुशासन प्रतिको संवेदनशिलता, फौजी अनुशासन, चेनअफ कमाण्डको पालना, सेवाग्राही जनताप्रतिको संवेदनशिलता एवं उत्तरदायी र जवाफदेहीपूर्ण कार्यसम्पादनको आधारमा संगठनको व्यावसायिकताको स्तर मापन हुनुकासाथै आम जनमानसको विश्वास कायम रहने चर्चा गर्नुहुँदै संगठनलाई शुद्धिकरण गर्दै व्यावसायिकता तथा विश्वासको धरातलमा पु¥याउन निष्ठापूर्वक गरिने प्रयासहरुमा मन्त्रालयबाट पूर्ण रुपमा सहयोग मिल्ने तथा आवश्यक निर्देशन हुने समेत विश्वास व्यक्त गर्नुभयो ।

महानिरीक्षक अर्यालले संगठनमा शुरुवात गरिएका नीतिगत, संस्थागत एवं संरचनागत सुधारका योजनाहरु माननीय उप–प्रधान तथा गृहमन्त्री समक्ष प्रस्तुत गर्नुभएको थियो । उहाँले सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भई १६ वर्षसम्म बढुवा हुन नसकेको र १९ वर्ष सेवा अवधि पुग्दा समेत सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा नै रहनुपर्ने तथा जवान पदमा भर्ना भई १३ वर्षसम्म एक तह पनि बढुवा हुन नसकेको अवस्था रहेको बताउनुहुँदै बृत्तिबिकासको साथसाथै पेन्सन अवधि जुनियर अधिकृतको १८ वर्ष, विल्लादार जवानको १६ वर्ष निर्धारण गर्ने योजना कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

यसैगरी जुनियर अधिकृतमा भर्ना नलिने र सशस्त्र प्रहरी निरीक्षकमा खुल्ला प्रतिस्पर्धाबाट भर्नाको अनुपात बढाउने नीतिगत सुधारका योजना प्रस्तुत गर्नुहुँदै महानिरीक्षक अर्यालले संगठनको स्वायत्तताको लागि विद्यमान संघिय ऐन तथा नियममा समेत समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

निरीक्षणका क्रममा उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले केन्द्रिय आदेशकक्ष, अनुगम सेल, केन्द्रिय संग्राहलय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरि सो सम्बन्धि जानकारी लिनुको साथै गोताखोर टोलीसँग उद्वारका विषयमा जानकारी लिनुभएको थियो ।

सोही क्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले संगठनको विषयवस्तु सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।