२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्गेनिंङ्ग पत्रकािरताविरुद्ध विशेष निगरानी: काउन्सिल अध्यक्ष बस्नेत



अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा बार्गेनिंङ्ग गर्ने र स्वार्थ पूरा नभए समाचार लेख्ने प्रवृत्ति बढेको गुनासो बढेको भन्दै त्यसलाई रोक्न कडा कदम चालिने बताउनुभएको छ ।

काउन्सिलमा नयाँ अनलाइनहरुका लागि शुक्रबार आयोजित एक कार्यक्रममा नीहित स्वार्थ पूरा नभए समाचार बनाउने प्रवृत्तिले पत्रकारितालाई कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुनु जरुरी भएको बताउनुभयो ।

‘कतिपय सञ्चार माध्यमलाई काउन्सिलले विशेष निगरानीमा राखेको छ । पर्याप्त प्रमाण पुर्याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिताको कारवाही हुनेछ,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।
अनलाइन र युट्युव च्यानलहरुमा पत्रकारिताको रोगकै रुपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर यसविरुद्ध कदम चालिरहेको उहाँको भनाई थियो ।
प्रेस काउन्सिल नेपालले नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालन गर्दै आएको अभिमुखीकरणको शुक्रकार १८ औँ श्रृङ्खला सम्पन्न गरेको छ । कार्यक्रममा विषयगत विज्ञका रुपमा राजधानी दैनिकका सम्पादक सागर पण्डितले अनलाइन पत्रकारिताले चुनौती बढाएको भन्दै पत्रकारिताका निश्चित मूुल्य मान्यताको पालना गरेमा धेरै समस्याको समाधान हुने बताउनु भएको छ ।

पण्डितले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिल जस्ता नियामक निकाय सक्रिय बन्नुपर्ने सुझाव राख्नुभयो ।

‘काउन्सिलले ल्याएका नयाँ मापदण्ड, अभिमुखीकरण कक्षा जस्ता कदमले पत्रकारलाई उत्तरदायी बनाउन ठूलो मद्धत पुर्याएको छ । अझै नियमन जरुरी छ, उहाँले भन्नुभयो ।
‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ मा विषय विज्ञको रूपमा उहाँले काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधानहरूबारे जानकारी दिनुभयो ।

काउन्सिलका अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) अन्तर्गत रहेका पत्रकारले गर्न नहुने १४ वटा बुँदाबारे प्रष्ट पार्नुभयो । अनलाइन पत्रकारितामा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै उहाँले सत्यताको परीक्षण नगरिकन दिने समाचारजन्य सामग्रीले समाज र देशलाई नै आघात पुग्ने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण गर्नुहुँदै काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुभयो ।