२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेसँग एकता हुँदैनः अध्यक्ष नेपाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग अहिलेको अवस्थामा एकता हुन नसक्ने बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको तर, अहिलेको अवस्थामा एमालेसँग भने एकता नहुने बताएका हुन् ।

पार्टी एकताका लागि जसपा लगाएतका दलसँग छलफल भइरहेको उनले जानकारी दिए ।

यस्तै, समय आएपछि सरकारका विषयमा आवश्यक निर्णय गर्ने पनि उनले बताए । उनले प्रधानमन्त्री प्रचण्डसँग पनि यस विषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउँछ भन्ने हेर्न बाँकी रहेको धारणा राखे ।