८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जनताले परिवर्तनको आभाष गर्नेगरी न्युनतम साझा कार्यक्रम बनेको छः मुकुल ढकाल

जनताले परिवर्तनको आभाष गर्नेगरी न्युनतम साझा कार्यक्रम बनेको छः मुकुल ढकाल
अ अ+ अ-

काठमाडौँ । न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्युनतम साझा कार्यक्रम तयार भएको बताएको छ ।

शुक्रवार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्युनतम साझा कार्यक्रम तयार भएको जनाएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताउनु भयो ।

उहाँले शनिवार शीर्ष नेताहरुको संयन्त्रमा सरकारका न्युनतम साझा कार्यक्रमहरु प्रश्तुत गर्ने बताउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रम जनताको डेलिभरिको पक्षमा रहेको र परिवर्तनको आभाष हुनेगरी न्युनतम साझा कार्यक्रम आएको दाबी गर्नुभयो । उहाँले न्युनतम साझा कार्यक्रम यो सरकार जनतालाई केही दिने सरकार हो भन्ने महशुस गराउने गरी न्युनतम साझा कार्यक्रम तयार पारेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो कार्यदलले आफ्नो प्रतिवेदन बनाएको छ र भोलि शीर्ष नेताहरुको संयन्त्रमा कार्यदलले बनाएको प्रतिवेदन पेस हुनेछ । जनताको डेलिभरिको पक्षमा परिवर्तनको आभाष हुनेगरी कुराहरु समेटिएका छन् ।

राम्रो न्युनतम कार्यक्रम बनेको छ । यसलाई भोलि शीर्ष तहले स्वीकृत गरेपछि सार्वजनिक हुनेछ । जनतालाई अब चाहीँ केही हुन्छ भन्ने आभाष हुने खालका कार्यक्रम आएका छन् । जनतालाई परिवर्तनको आभाष दिलाउने सरकार हो भन्ने महशुस गराउने गरी न्युनतम साझा कार्यक्रम आउने छन् ।’

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्युनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमलेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो ।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलसमशेर राणा र जन्ता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ हुनुहुन्छ ।