२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश: पुस २८ सम्ममा सरकार गठन गर्न आह्वान



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशमा यही पुस २८ गतेभित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको छ ।

मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते दिउँसो ४ बजेसम्ममा प्रदेशमा सम्मिलित सदस्यलाई बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

मधेश प्रदेशमा १०७ सदस्य रहेका छन् । प्रदेशमा आवश्यक ५४ सिट कुनै पनि दलले प्राप्त गर्न नसकेकाले प्रदेशप्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री पेश गर्न आह्वान गर्नुभएको हो ।

उक्त उपधाराअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यले मुख्यमन्त्री दाबी पेश गर्न सक्नेछ ।

मधेश प्रदेशमा २३ सिटसहित सबैभन्दा ठूलो नेकपा (एमाले) रहेको छ । नेपाली कांग्रेसको २२, जनता समाजवादी पार्टी (जसपा) को १६, जनमत पार्टीको १३, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी (लोसपा) को को ९/९, नेकपा (एकीकृत समाजवादी)को ७, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल संघीय समाजवादीको १/१ तथा स्वन्त्र ५ सदस्य रहेका छन् ।