११ मंसिर २०८१, मंगलवार
,
Latest
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकालाई हरायो प्रधानमन्त्रीको टिप्पणीः मुलुकमा झुटको खेती गर्नेको कमी छैन विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छः अर्थमन्त्री पौडेल काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार पन्तले गरे रास्वपाकी रोजिनालाई समर्थन उपाधि दावेदारका रुपमा ‘कर्णाली याक्स’ बैंकले ऋण उपलब्ध नगराउँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीको ट्र्यापमा परेः श्रममन्त्री भण्डारी ७१ किलो गाँजासहित दुई पक्राउ वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्बोडियामा निधन भएका पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने



अ+ अ-

काठमाडौँ । कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

गत बिहीबार राति कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी ४० वर्षीय पाण्डेको मृत्यु भएको थियो ।

आगलागी हुँदा क्यासिनोको १२ औं तलामा फसेका पाण्डेले ज्यान जोगाउन हाम फाल्दा मृत्यु भएको थियो।

कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा उनीसहित २४ जनाले ज्यान गुमाएका थिए ।