४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.66

Wind: 2.06

Humidity: 100

Latest
माग सम्बोधन गर्न भूमि समस्या सामाधान आयोगलाई आग्रह रास्वपा महाधिवेशन फागुनमा,सातै प्रदेशका इन्चार्ज तोकिए नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला युवा पुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउन आवश्यकः मुख्यमन्त्री लामा कमलले फेरि भने: तिनकुने घटनामा पक्राउ परेकालाई छाडियोस् लालगढमा सातै प्रदेशका उपसभामुखको सम्मेलन शुरु ६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गयोः मन्त्री राणा प्रयास नेपालका बालबालिकालाई हिमालय एयरलाइन्सद्वारा सहयोग चार भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु– प्रधानमन्त्री भेट: स्ववियुमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागू गराउन माग



अ+ अ-

काठमाडौँ । आगामी चैत ५ गते प्रस्तावित स्ववियु निर्वाचनको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वागत गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अनेरास्ववियुले यो पटक स्ववियुमा पूर्ण समानुपातिक निर्वाचन लागु गराउन निर्देशनका लागि ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विश्वविद्यालयको कुलपतिसमेत हुनुहुन्छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसहितको विद्यार्थी टोलीले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर प्रधानमन्त्री प्रचण्डसमक्ष पूर्ण समानुपातिक निर्वाचन लागु गराउन ज्ञापनपत्र बुझाएको हो ।

संगठनले निर्वाचन सबै वर्ग र समुदायको प्रतिनिधित्व गर्न समावेशी सिद्धान्तअनुसार पूर्ण समानुपातिक प्रणालीमार्फत हुनुपर्ने माग गरेको छ ।

साथै विश्वविद्यालय एवं क्याम्पसहरूमा उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न प्रत्येक स्ववियुमा सम्बन्धित शैक्षिक संस्थाको उत्कृष्ट एक/एक जना छात्र र छात्रालाई सहभागी गराइनुपर्ने समेत संगठनको माग छ ।

त्रिवि विद्यार्थी कल्याण परिषद्द्वारा चैत ५ मा प्रस्तावित स्ववियु चुनावको स्वागत गरेको छ ।

ज्ञापनपत्रमा विश्वविद्यालयमा स्ववियुको आवधिक निर्वाचन नहुँदा विश्वविद्यालयमा प्रशासनको मनोमानी व्याप्त रहेको उल्लेख छ ।

विश्वविद्यालयहरु ज्ञान निर्माण गर्ने केन्द्र हुनुपर्नेमा विभिन्न खाले विसङ्गति, भ्रष्टाचार र अनियमितताका केन्द्र बनेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

अध्यक्ष पराजुलीले विद्यार्थीहरू चर्को शुल्क तिर्न बाध्य भएकाले यी सबै विसंगतिको अन्त्य गर्न, स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न र विद्यार्थीले आफ्ना हक अधिकारको प्रत्याभूति गर्न स्ववियुको निर्वाचन यथाशक्य गराउन प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको बताउनुभयो ।

त्रिवि विद्यार्थी कल्याण परिषद्ले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।