२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्यालयद्वारा राहदानी विभागको प्राविधिक शाखा निरीक्षण



अ+ अ-

काठमाडौं । राहदानी विभागले सफ्टवेयरमा देखिएको समस्याका कारण सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपुरेश्वरस्थित कार्यालयको निरीक्षण गरेको छ ।

टोलीले विभागका महानिर्देशक, प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट गर्ने टीमसँग अहिले देखिएको समस्याका बारेमा बिस्तृत छलफल गरेको छ ।

प्रधानमन्त्री कार्यालयको प्राविधिक टीमले सम्झौताअनुसार कम्पनिले समस्या हल नगरेको र कम्पनिका कारण जनताले सास्ती भोग्नुपरेकाले तत्काल समस्या हल गर्न निर्देशन दियो ।

यसका लागि कम्पनिको केन्द्रीय कार्यालयबाट नै प्राविधिक झिकाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएको छ ।

छलफलमा सेवाग्राहीले लामो समय लाइनमा नबसी राहदानी पाउने व्यवस्थाका लागि आवश्यक संरचनात्मक तथा नीतिगत सुधार वा परिमार्जनका लागि तत्काल कार्ययोजना बनाउनसमेत जोड दिएको छ ।