८ मंसिर २०८१, शनिबार
,
Latest
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम लडाकुको बकपत्र: रसिया-युक्रेन युद्धभूमीबाट प्रचण्डलाई खुल्ला पत्र चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण केराखेतीबाट वार्षिक १० लाख आम्दानी मानव बेचबिखन गर्न लागेको आरोपमा एक जना पक्राउ लेबनानमा इजरायली हवाई आक्रमणः २० जनाको मृत्यु प्रधानमन्त्रीको चारदिने चीन भ्रमण, भेटवार्ता र सबै कार्यक्रम मंसिर १८ मा अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको ४० प्रतिशत जनसंख्यामा कोरोना पोजिटिभ



अ+ अ-

बेइजिङ । चीनको १ अर्ब ४० करोड जनसङ्ख्याको ४० प्रतिशत कोभिडबाट संक्रमित भएको आशंका गरिएको छ।

पछिल्लो एक महिनामा जहाँ जनसङ्ख्याको ठूलो हिस्सा कोभिडबाट संक्रमित भएको छ, त्यहाँ आगामी हप्ताहरूमा करिब १ अर्ब १ करोड मानिस कोभिडको सिकार हुन सक्ने अनुमान गरिएको छ ।

देशमा कोभिडबाट मृत्युको संख्यामा असहमति कायम छ। तर अवस्था निकै नाजुक रहेको चिकित्सकहरुले बताएका छन् । चीनले डिसेम्बर ७ मा शून्य कोभिड नीति खुकुलो पारेको थियो। त्यसयता यहाँको अवस्था अनियन्त्रित छ ।

चीनमा कोभिडका कारण दैनिक ९००० जनाको मृत्यु भइरहेको एक रिपोर्टमा बताइएको छ । जबकि आधिकारिक तथ्यांकमा यो महामारीका कारण ५२०० जनाको मात्रै मृत्यु भएको छ ।

बेइजिङ र सांघाईमा सबैभन्दा बढी संक्रमित

चिकित्सा विज्ञहरुका अनुसार राजधानी बेइजिङको २ करोड २० लाख जनसंख्याको ८० प्रतिशत र सांघाईको २ करोड ५० लाख जनसंख्याको ७० प्रतिशत कोभिडबाट प्रभावित भएका छन् ।

योसँगै अन्य सहरमा पनि यो संख्या ५० प्रतिशतभन्दा माथि पुगेको छ । चीनका महामारीविद् तथा सीडीसीका पूर्व प्रमुख वैज्ञानिक झेङ गुआङका अनुसार अधिकांश सहरमा कोभिडबाट ५० प्रतिशत मानिस संक्रमित र मृत्यु भएको खबर आएको थियो ।

करिब ५० लाख कोभिड बिरामी गम्भीर भएको र उचित उपचार नपाइरहेको ती चिनियाँ विज्ञको अनुमान छ। लण्डनस्थित डाटा फर्म एयरफिनिटीका अनुसार कोभिडका कारण देशमा दैनिक नौ हजारको ज्यान गइरहेको छ ।

भेरिएन्टलाई हल्कारुपमा लिइयो

पेकिङ युनिभर्सिटीका बायोकेमिस्ट तथा सहायक प्राध्यापक साओ युनलोङले ओमिक्रोन भेरियन्ट धेरै खतरनाक भएको तर यसलाई चीनमा हल्का रूपमा लिइएको बताएका छन् ।

उनका अनुसार ओमिक्रोन BA.1 हल्का थियो तर यसको BA.5 चीनमा सबैभन्दा खतरनाक साबित भइरहेको छ। मंगलबार, यो सीडीसीद्वारा भनिएको छ कि त्यो दिन ४ हजार ८०४ नयाँ केस रिपोर्ट गरिएको छ। जबकि तीन जनाको मृत्यु भएको छ ।

कसरी हुन्छ गणना

नेशनल हेल्थ कमिसनका मेडिकल एडमिनिस्ट्रेशनका निर्देशक जियाओ याहुई जिले डिसेम्बर २९ मा कोभिडबाट हुने मृत्युका बारेमा दुईवटा मुख्य दृष्टिकोणमा छलफल भएको बताएका छन्।

उनका अनुसार सन् २०२० देखि चीनले कोभिडका कारण मृत्यु भएका घटनालाई मात्रै मानेको छ जसमा श्वासप्रश्वास फेल प्रमुख कारण थियो।

जबकि विश्वका अन्य भागमा २८ दिनभित्र कोभिड पोजिटिभ आएपछि हुने मृत्युलाई पनि समावेश गरिएको छ ।