२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगविरुद्ध बालेन साहले गुहारे अदालत



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगविरुद्ध काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले अदालत गुहारेका छन् ।

निर्वाचन खर्चको विवरण समयमै नबुझाउने स्थानीयत तहका जनप्रतिनिधिबाट लाखौँ रुपैयाँ जरिवाना असुल्ने आयोगको निर्णयविरुद्ध बालेनले अदालत गुहारेका हुन् । उनले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट आयोगको सो निर्णय बदर गर्न माग गरेका छन् ।

निर्वाचन आयोगले देशभर स्थानीय निर्वाचनमा भाग लिएकामध्ये एक लाख २३ हजार ६२४ उम्मेदवारले जरिवाना नतिरे छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध बालेन अदालत गएका हुन् ।

महानगरप्रमुख बालेनले अदालतबाट यसको स्पष्ट व्याख्या हुनुपर्ने माग गरेका छन् । उनका अनुसार कुनै पनि ऐन र संविधानमा नभएको व्यवस्था आयोगले जबर्जस्ती लागु गराउन खोजेको छ ।

बालेन आयोगविरुद्ध अदालत गएसँगै अब यो मुद्दा परीक्षण मुद्दा बन्न सक्ने बताइएको छ ।

CamScanner 01-03-2023 13.39