२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा र एकीकृत समाजवादीबीच पार्टी एकताबारे बहस सुरु



अ+ अ-

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकतालाई लिएर बहस सुरु भएको छ ।

अहिले जसपाको राजनीतिक समितिको बैठकमा यसबारे छलफल भइरहेको बताइएको छ । राजनीतिक समितिको बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम भइरहेको छ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि सोमबार पत्रकारहरुसँग जसपासँग पार्टी एकताबारे छलफल भइरहेको बताउनुभएको थियो ।

माधव नेपालले नेकपा (एमाले) बाट अलग भएर गठन गर्नुभएको एकीकृत समाजवादी विसं २०७८ भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । एकीकृत समाजवादीले गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जितेको थियो । आवश्यक थ्रेस होल्ड कटाउन नसक्दा उक्त पार्टी राष्ट्रिय पार्टी बन्न वञ्चित भएको थियो ।

त्यस्तै उपेन्द्र यादव नेतृत्वको जसपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट गरी कूल १२ सिट जितेको थियो । दुवै पार्टीबीच एकता भए कूल २२ सांसद हुनेछन् र प्रतिनिधिसभामा चौथो ठूलो दल बन्नेछ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २० सिटसहित चौथो ठूलो दल हो ।




भर्खरै