१७ श्रावण २०८३, आईतवार
,
Latest
‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग लिभरपुलको लज्जास्पद हार



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डले जित निकालेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ गोलले पराजित गरेको हो ।

खेलको १९ औं मिनेटमा लिभरपुलका इब्राहिमा कोनाटेले आत्मघाती गोल गरेपछि खेलमा ब्रेन्टफोर्डले सुरुवाती अग्रता बनायो । ४२ औं मिनेटमा योआने वीसाले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता दोब्बर पारे ।

५० औं मिनेटमा एलेक्स ओक्सालेड चाम्बरलीनले गोल गर्दै लिभरपुललाई १–२ को स्थितीमा ल्याए । यता, ८४ औं मिनेटमा ब्रायन एम्बेउमोले गोल गर्दै ब्रेन्टफोडलाई ३–१ को जित दिलाए ।

यो नतिजासँगै १७ खेलबाट २८ अंकसहित लिभरपुल छैटौं र १८ खेलबाट २६ अंकसहित ब्रेन्टफोर्ड सातौं स्थानमा छन् ।