२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 2.06

Humidity: 56

Latest
सुत्केरीको हेलिकप्टबाट उद्धार अन्नपूर्ण क्षेत्रमा आठ महिनामा एक लाख ४० हजार पर्यटक त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ योगामा नेपाल २ स्वर्णसहित ६ पदक प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल नेपाली बक्सिङ टोली ‘फोर नेसन्स कप’का लागि भुटान प्रस्थान जापानी सम्राटद्वारा द्वितीय विश्वयुद्धको युद्धस्थल इवोजिमाको भ्रमण ‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक, निर्देशकले चाम्सले मागे ‘स्पोर्ट्स एन्थम’को मान्यता धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा हरिबहादुर चुमान सर्वसम्मत



अ+ अ-

कास्की । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन हुनुभएको छ ।

सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दल नेता चयन गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो ।

संसदीय दलको नेता बाहेकका अन्य पदाधिकारी पछि चयन गरिने माओवादीले जनाएको छ । साठी सदस्सीय प्रदेशसभामा माओवादीका प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिकका तीन गरी आठ सदस्य छन् ।

माओवादी केन्द्र गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको संयुक्त बैठकले प्रदेश संसदीय दलको नेतामा चुमानलाई बनाउने र संसदीय दल बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । पार्टीको बैठकपछि संसदीय दलको बैठक बसेर दल नेता चुनेको हो ।

दलको नेतामा चयन हुनुभएका चुमान यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएर तीन वर्ष काम गर्नुभएको थियो । उहाँ सो पार्टीका पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ । संसदीय दलको बैठकमा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक हितराज पाण्डेले आगामी संसद् बैठकमा जिम्मेवार भएर जनतामा समस्यालाई उठाउन निर्देशन दिनुभएको थियो ।