८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपियाँ बढाए

केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपियाँ बढाए
अ अ+ अ-

काठमाडौँ । नियमविपरीत केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपियाँ बढाएका छन् । डेरी उद्योग सङ्घको निर्देशन भन्दै केही डेरी उद्योगीले किसानको खरिद मूल्य बढेको वहानामा दूधमा प्रतिलिटर १४ रुपियाँ मूल्य बढाएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, डेरी उद्योग, उत्पादकसहितको अध्ययन टोलीले सिफारिस गरेको मूल्यको आधारमा दूधको मूल्य बढाउने व्यवस्थाको अवज्ञा गर्दै सीमित निजी उद्योगीले एकलौटी ढङ्गबाट मूूल्य बढाएका हुन् । यस्तै अध्ययन टोलीको सिफारिसका आधारमा सरकारले यसअघि २०७८ माघ २८ मा सरकारले दूधको खुद्रा मूल्य ८६ रुपियाँ तोकेको थियो । यसलाई अवज्ञा डेरी गर्दै केही डेरीले दूधको मूल्य प्रतिलिटर एक सय पु¥याएको पाइएको हो । शनिबार बजारमा आधा लिटर दूधको प्याकेटमा ५० रुपियाँ मूल्य अङ्कित गरी पठाएका छन् ।

डीडीसी र डेरी एसोसिएसन आबद्धले बढाएनन्
सङ्घ आबद्ध डेरीले मूल्य बढाए पनि दुग्ध विकास संस्थानलगायत नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी व्यवसायीले भने मूल्य बढाएका छैनन् ।

दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झाले डीडीसीले दूधको मूल्य वृद्धि नगरेको जानकारी दिनुभयो । “निर्धारित प्रक्रिया पूरा नगरी एकतर्फी मूल्य वृद्धि गर्ने काम जायज होइन,” उहाँले भन्नुभयो, “डीडीसी दूधको मूल्य बढेको छैन, प्रतिलिटर ८६ रुपियाँ नै हो ।”

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले एसोसिएसनमा आबद्ध डेरीले मूल्य नबढाएको बताउनुभयो । एसोसिएसनमा घरेलु, मझौला, साना र ठूला गरी २५५ डेरी सदस्य छन् । “हाम्रा सदस्य संस्थाले मूल्य बढाएका छैनन्,” उहाँले भन्नुभयो, “दूधको लागत बढेकाले मूल्य बढाउन आवश्यक छ तर अध्ययन नगरी प्रक्रिया पूरा नगरी मूल्य बढाउनु न्यायोचित हुँदैन ।”

मूल्य बढाउने निर्णय गरेका हिमालयन डेरी र सीताराम डेरीले भने बढेको मूल्य फिर्ता गरेको जनाएका छन् ।

एकाएक मूल्य बढाउन निर्देशन दिने डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले लागत बढेकाले दूधको मूल्य बढाएको भन्दै आफ्नो बचाउ गर्नुभयो । “कच्चा पदार्थ मूल्य बढेकाले उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुग्यो, प्रतिलिटर दूधमा शनिबारदेखि लागू हुने गरी १४ रुपियाँ मूल्य बढाएका हौँ,” उहाँले भन्नुभयो, “छलफल अध्ययन गरेर के गर्नु ? व्यवसाय नै नचल्ने भएपछि बढाउनै प¥यो ।” सरोकारवाला निकायहरू सँगै छलफल तथा जानकारी नदिएरै व्यक्तिगत रूपमा मूल्य बढाइएको उहाँले स्वीकार गर्नुभयो । दाहालका अनुसार सङ्घमा आबद्ध ३० देखि ४० डेरीले मूल्य बढाएका छन् ।

प्रधानमन्त्री कार्यालयमा उजुरी
यसैबीच केही निजी डेरीले गैरकानुनी ढङ्गले दूधको मूल्य बढाएको भन्दै कारबाहीको माग राखी राष्ट्रिय उपभोक्ता मञ्च नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निजी डेरी उद्योगले कार्टेलिङ गरेर मूल्य बढाउँदा त्यसको असर आमउपभोक्तामा पर्न गएको बताउनुभयो ।

एक वर्षमै र अनधिकृत रूपमा दूधमा मूल्य बढाउँदा आमउपभोक्तालाई प्रत्यक्ष मार पर्छ,” उहाँले भन्नुभयो, “गैरकानुनी रूपमा बढाइएको मूूल्य तत्काल फिर्ता लिनपर्छ ।” मञ्चले नेपाल डेरी उद्योग सङ्घले गरेको मूल्य वृद्धि तत्काल फिर्ता लिन लगाउन र गैरकानुनी कार्य गरेकाले आवश्यक कानुनी कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमक्ष माग गरेको छ । गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले समाचार लेख्नुभएको छ ।