६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी अध्यक्षलाई राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव आएको छैनः उपमहासचिव खतिवडा



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव कुनै पार्टीले नगरेको स्पष्ट पार्नुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी अध्यक्षसँग नेकपा एमालेले आधिकारीक रुपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताउनु भयो । उहाँले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुची पनि नरहेको स्पष्ट पार्नुभयो ।

उपमहासचिव खतिवडाले पार्टीको सबैभन्दा धेरै रुची वाम एकतामा रहेको र अहिले पार्टी सुदृढीकरणमा जोड दिएको बताउनु भयो । उहाँले पार्टी एकता हुने भन्ने हल्ला निराधार रहेको पन िबताउनु भयो । उहाँले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो पटक प्रधानमन्त्री बन्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई नदिएपछि गठबन्धनले अर्कै मोड लिएको बताउनु भयो ।

उपमहासचिव खतिवडाले सरकारमा सहभागी बन्ने वा नबन्ने भन्नेबारेमा पार्टीको पोलिटब्युरोको बैठकसम्म छलफल पुग्ने बताउनु भयो । स्थायी कमिटीको बैठक अहिले पनि पार्टी केन्द्रिय कार्यालयमा जारी रहेको छ ।