२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको दीप प्रज्वलनको २ घण्टापछि काममा फर्किए मोदी



भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।
अ+ अ-

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमा हिराबेनको अन्तिम संस्कार गरेपछि काममा फर्किएका छन् । अहमदाबादमा बिहान ९ः५५ बजे उनले आमालाई दागबत्ती दिएका थिए ।

त्यसपछि अहमदाबादबाटै भिडियो कन्फरेन्समार्फत बंगालमा आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भए । उनले हावडा–न्यु जलपाईगुडी वन्दे भारत ट्रेनलाई झण्डा पनि देखाए ।

कार्यक्रममा सहभागी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मोदीकी आमाको निधनमा शोक व्यक्त गरेकी छन् । उनले भनेकी छन्, ‘यो दिन तपाईको लागि पीडादायी छ । तपाईँको आमा भनेको हाम्रो आमा पनि हो । भगवानले तपाईलाई आफ्नो काम जारी राख्ने शक्ति प्रदान गरून् । म तपाईलाई केहि आराम गर्न अनुरोध गर्दछु ।’