२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै



अ+ अ-

मोरङ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदै छ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिनुभयो ।

प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए । कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । त्यसैले दलको नेता बन्न २९ मध्ये १५ मत आवश्यक पर्छ । आज हुने निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएको अवस्था पुनः आजै अर्को निर्वाचन गरेर दलको नेता चयन गर्ने तय भएको रायमाझीले जानकारी दिनुभयो ।

दलको नेताका लागि कांग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्की चुनावी प्रतिस्पर्धामा छन् ।