८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्छुः अर्थमन्त्री पौडेल

उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्छुः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताउनुभएको छ ।

बिहीवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासंघ र नेपाल इन्भेष्टमेण्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्ने सकारात्मक प्रयास गर्ने बताउनुभएको हो ।

उहाँले चेम्बरले मुलुकको आर्थिक समुन्नतीको लागि सरकारसँग सहकार्य गर्ने विषय सकारात्मक भएको बताउनु भयो । उहाँले मुलुकको आर्थिक उन्नती अहिले सबैको सरोकारको विषय भएको बताउनु भयो । अर्थमन्त्री पौडेलले चेम्बरले उठाएका मागहरुलाई छलफल गरेर सकारात्मक समाधान गर्ने प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै, अर्थमन्त्री पौडेलले नेपाल उद्योग व्यापार महासंघ सँगको छलफलमा अर्थतन्त्र अफ्ठ्यारोमा रहेको भन्दै अफ्ठ्यारोका बीचबाट समाधान खोज्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्ने विषयमा पहल गर्ने बताउनु भयो । त्यस्तै अर्थमन्त्री पौडेलले शेयर बजार सुधारको लागि आवश्यक पहल गर्नेपनि बताउनु भयो ।

नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले मन्त्री पौडेललाई बैंकको उच्च ब्याजदर र चालुपँजी कर्जाको कारण अर्थतन्त्र संकुचनमा परेको बताउनु भयो । उहाँले बैंकको ब्याजदरलाई व्यवस्थित गर्न र चालुपुँजी कर्जालाई तत्कालको लागि स्थगित गर्न माग गर्नुभयो । अध्यक्ष मल्लले मन्त्री पौडेललाई बैंकको ब्याजदर सिङ्गल डिजिटमा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्सारमा वस्तु आयात गर्दा लिने सन्दर्भ मूल्यका कारण भन्सार एकीकृत नभएको भन्दै सन्र्दभ मूल्यलाई कारोबार मूल्यको मान्यता दिन आग्रह गर्नु भयो । उहाँले बैंकहरुले कर्जामा लिने प्रिमियमदर बढीमा २ प्रतिशत कायम गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले चालुपुँजी कर्जा मार्ग दर्शन लागू गरे अधिकांश उद्योग बन्द हुने दाबी गर्नुभयो ।

त्यस्तै अर्थमन्त्रीसँगको भेटमा शेयर लगानीकर्ता संघका पूर्वअध्यक्ष छोटेलाल रौनियारले शेयर लगानीकर्ताहरुले महिनामा १ करोड २० अर्ब रुपैयाँ कर तिर्ने गरेको तर अहिले शेयर बजारमा गिरावट आउँदा लगानीकर्ताको धेरै आम्दानी घटेको बताउनु भयो । उहाँले क्यापिटल गेनमा लाग्ने ७ प्रतिशत कर ५ प्रतिशतमा ल्याउँदा पुँजी बजारलाई सञ्जिीवनीको काम गर्ने बताउनु भयो ।

अर्थमन्त्री पौडेलसँग नेपाल उद्योग व्यापार महासंघले सरकारको पहिलो मन्त्री परिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । त्यस्तै शेयर लगानीकर्ता संघले पनि विभिन्न माग राख्दै अर्थमन्त्रीसँग भेट गरेको छ । त्यस्तै, बिहीवार नै लघुवित्त वित्तिय संघले पनि विभिन्न आफ्ना माग राख्दै अर्थमन्त्री पौडेलसँग भेट गरेका छन् ।